default_image

3 years ago

April 1, 2021

जर्मनी नर्थ म्यासेडोनियासँग स्तब्ध

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ ले स्तब्ध बनेको छ । जर्मनीलाई स्तब्ध पार्न गोरान पान्डेभ र इल्जिफ इल्मासले गोल गरे । घरेलु टोलीका इल्केए गुन्डोगानले गोल गरेपनि हार टार्न सकेन । २०१४ को च्याम्पियन जर्मनीले विश्वकप छनोटमा २० वर्षपछि पहिलो हार बेहोरेको हो । जर्मनी […]

34 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ ले स्तब्ध बनेको छ ।

जर्मनीलाई स्तब्ध पार्न गोरान पान्डेभ र इल्जिफ इल्मासले गोल गरे । घरेलु टोलीका इल्केए गुन्डोगानले गोल गरेपनि हार टार्न सकेन । २०१४ को च्याम्पियन जर्मनीले विश्वकप छनोटमा २० वर्षपछि पहिलो हार बेहोरेको हो । जर्मनी २००१ मा इंग्ल्यान्डसँग म्युनिखमा ५–१ ले पराजित भएको थियो । त्यसयताको विश्वकप छनोटको ३५ खेलमा जर्मनी अपराजित रहेको थियो ।

डुइसवर्गमा बुधबार राति भएको खेलमा बल पोसेसनमा पकड राखेपनि जर्मनीले पहिलो हाफको इन्ज्युरी समयमा गोल खान पुगेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोरान पान्डेभले इनिस बार्धीको पासमा गोल गर्दै नर्थ म्यासेडोनियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

६३औं मिनेटमा इल्केए गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा एलिओस्कीले लिरोए सानेलाई लडाएपछि प्राप्त पेनाल्टीमा गुन्डोगान चुकेनन् । ८५औं मिनेटमा इल्जिफ इल्मासले एरिजान एडेमीको पासमा गोल गर्दै जर्मनीलाई २–१ ले स्तब्ध पारे ।

यो विश्वकप छनोटका खेल प्रशिक्षक जोचिम लोको अन्तिम खेल हो । उनले जुन जुलाईमा हुने युरोकपपछि जर्मनीको प्रशिक्षक छाड्ने घोषणा गरिसकेको छ । उनले जर्मनीको प्रशिक्षकको रुपमा १५ वर्ष बिताएका छन् । विश्वकप छनोटका बाँकी खेलहरु सेप्टेम्वरमा हुनेछ ।

यही समूह ‘जे’ को अर्काे खेलमा अर्मेनियाले १० खेलाडीमा समेटिएको रोमानियालाई ३–२ ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।अर्मेनियाको जितमा इडुआर्ड स्पर्टस्यान, भारजडाट हारोयान र टिगरान बार्सेसगयानले गोल गरे । रोमानियाका एलेसान्द्रु सिकाडाउले दुवै गोल गरेपनि हार टार्न सकेन । जर्ज पुस्कार सिधै रातो कार्ड खादै मैदानमाबाट बाहिरिएपछि रोमानिया ७८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

यही समूहको अर्काे खेलमा आइसल्यान्डले लिचेस्टाइनलाई ४–१ ले पराजित गरेको छ । आइसल्यान्डले लगातार सातौ हारपछि जित निकालेको हो । रोमानियालाई २–१ ले पराजित गरेपछि आइसल्यान्डले जित निकाल्न सकेको थिएन । आइसल्यान्डको जितमा बिर्किर साभर्सन, बिर्किर बिजार्सन, भिक्टर पाल्सन र रुनार मार सिगुर जोन्सनले गोल गरे । घरेलु टोलीका यानिक फ्रिकले एक गोल फर्काए ।

यो नतिजापछि समूह ‘जे’ मा अर्मेनिया ३ खेलबाट ३ जितसहित ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक भएपनि हेड टु हेड र गोल अन्तरमा नर्थ म्यासेडोनिया दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ । समान ३ अंक भएपनि रोमानिया चौथो तथा आइसल्यान्ड पाँचौ स्थानमा रहँदा लिचेस्टाइन अंकविहीन हुदै पुछारमा छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.