default_image

3 years ago

April 1, 2021

केन र मगाएरको गोलमा इंग्ल्यान्डको जित

एजेन्सी – कप्तान तथा फरवार्ड ह्यारी केन र डिफेन्डर ह्यारी मगाएरको गोल मद्दतमा इंग्ल्यान्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा लगातार तेस्रो जित दर्ता गर्दा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । वेम्वली स्टेडियममा बुधबार राति भएको खेलका पोल्यान्डका जाकुव मोडेरले एक गोल फर्काए । खेलको १९औं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट […]

85 views

0 Bookmark

एजेन्सी – कप्तान तथा फरवार्ड ह्यारी केन र डिफेन्डर ह्यारी मगाएरको गोल मद्दतमा इंग्ल्यान्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा लगातार तेस्रो जित दर्ता गर्दा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ ।

वेम्वली स्टेडियममा बुधबार राति भएको खेलका पोल्यान्डका जाकुव मोडेरले एक गोल फर्काए । खेलको १९औं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो । पेनाल्टी बक्समा रहिम स्टर्लिङलाई मिचल हेलिकले लडाएपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेको थियो ।

५८औं मिनेटमा जाकुव मोडेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले अर्काडिउस मिलिकको पासलाई सदुपयोग गरेका थिए । ८५औं मिनेटमा ह्यारी मगाएरले जोन्स स्टोन्सको पासमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । पोल्यान्ड आफ्नो कप्तान तथा फरवार्ड रोबर्ट लेवान्डोस्की नहुदा केही फितलो देखिएको थियो ।

यही समूह ‘आई’ को अर्काे खेलमा हंगेरीले एन्डोरालाई ४–० ले तथा अल्वानियाले सानमारिनोलाई २–० ले पराजित गरेको छ । यो नतिजापछि लगातार तीन खेलमा जित निकालेको इंग्ल्यान्ड ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

हंगेरी ७ अंक जोडेर दोस्रो स्थानमा तथा अल्वानिया ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । इंग्ल्यान्डसँग पराजित भएको पोल्यान्ड ४ अंक जोडेर चौथो तथा अंकविहीन एन्डोरा र सान मारिनो पाँचौ र छैटौ स्थानमा रहेको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.