default_image

3 years ago

April 1, 2021

रेफ्रीमाथि हातपात गर्ने ६ खेलाडी र प्रशिक्षकमाथि प्रतिबन्ध

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मोरङ जिल्ला फुटबल संघले खेलपछि रेफ्रीमाथि कुटपिट र अभद्र व्यवहार गर्ने ६ खेलाडी र प्रशिक्षकलाई प्रतिबन्ध लगाएको छ ।

मोरङको पथरी शनिश्चरे भुटानी सिबिरले आयोजना गरेको वडा स्तरीय खेलपछि खेल मैदानै सहायक रेफ्री र रेफ्रीहरुलाई कुटपिटका साथै अभद्र व्यवहार गरेका कारण वडा नं १० का ६ खेलाडी र प्रशिक्षकलाई देशभर खेल्न नपाउने गरि कारवाही गरेको बुधबार विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

जसमा ४ खेलाडीलाई २ वर्ष, २ खेलाडीलाई १ बर्ष र प्रशिक्षक साजन खाम्बो लिम्बुलाई १८ महिनाको प्रतिबन्ध लगाएको छ ।२ वर्ष प्रतिबन्ध पर्ने खेलाडीमा राज तामाङ, सुनम मडियारी, सोनम कार्की, पुस्कर राई छन् । सनम तामाङ र आकाश धिमाललाई १ वर्षको प्रतिबन्ध लगाइएको मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै संघले सुरक्षा दिन नसकेको भन्दै आयोजकलाई ११ हजार रुपैयाँ जरिवाना तोकेको छ ।मंगलबार खेलमा पथरी शिविरले वडा नं १० लाई १–० ले हराएको थियो । त्यसपछि वडा नं १० का खेलाडीले रेफ्री मनिष खड्का र सहायक रेफ्री जमुना मगरलाई कुटपिट गरेका थिए । कुटपिटबाट सहायक रेफ्री मगरको टाउको चोट लागेको थियो ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.