default_image

3 years ago

April 10, 2021

रामोस विनाको ‘एल क्लासिको’

61 views

0 Bookmark

एजेन्सी – १३ महिनापछि क्याटलान क्लब बार्सिलोना ‘एल क्लासिको’ को लागि म्याड्रिडमा जादैछ । तर, यसपटकको खेल सान्टियागो बर्नबेउमा हुने छैन । खेल रियलको प्रशिक्षण मैदान अल्फ्रेडो डि स्टेफानोमा हुनेछ ।

१३ महिनापछि बार्सिलोना म्याड्रिड फर्कदा पक्कै पनि फरक अनुभुति हुनेछ । किनभने यसपटकको खेल स्पेनको उत्कृष्ट रंगशाला मध्येको सान्टियागो बर्नबेउमा ८० हजारभन्दा बढी समर्थकमाँझ नभई खाली स्टेडियम अल्फ्रेडो डि स्टेफानोमा हुनेछ ।

कोरोना महामारीपछि रियलले आफ्नो मैदान सान्टियागो बर्नबेउलाई पुर्ननिर्माण गरिरहँदा अल्फ्रेडो डि स्टेफानोलाई मैदानको रुपमा प्रयोग गर्दै आइरहेको छ । यसबाहेक १३ महिनाको अन्तरमा दुवै क्लबमा पनि परिवर्तन देखिएको छ ।

अध्यक्ष
गत सिजनको ‘इएल क्लासिको’ मा जोसेप मारिया बार्टाेमेउ क्याटलान क्लब बार्सिलोनाको अध्यक्ष रहँदा यो सिजन जोन लापोर्टाे बार्सिलोनाको अध्यक्ष बनिसकेका छन् । लापोर्टा म्याड्रिडम फर्कने छन् । तर बर्नबेउ होइन । बर्नबेउमा लापोर्टाले ७ मध्ये चार खेल आफ्नो पक्षमा पारेका छ ।
उनले त्यहाँ रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई भेट्नेछन् । उनी क्लासिको आफ्नो पक्षमा पार्ने दाउमा हुनेछन् ।

प्रशिक्षक

जिनेदिन जिदान रियलको प्रशिक्षकमा कायम छन् । तर, बार्सिलोनाले सिजनको शुरुवातदेखि नै रोनाल्ड कोम्यानलाई बार्सिलोनाको प्रशिक्षक बनाइसकेका छन् । उनी रियललाई हराउँदै उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यमा हुनेछन् ।

गत सिजनको क्लासिकोमा क्विके सेटिन बार्सिलोनाको टच लाइनमा थिए । खेलाडीको रुपमा कोम्यानले एक क्लासिको खेलेका छन् । गत सिजनको क्लासिको बार्सिलोनाले गुमाउँदा प्रशिक्षक क्विके सेटिनको रणनीतिको व्यापक आलोचना भएको थियो ।

रामोसविना र मेस्सीसहितको खेल

घरेलु मैदानमा रियल म्याड्रिड आफ्ना कप्तान सर्जियो रामोसविना मैदान उत्रदा बार्सिलोना आफ्नो नियमित कप्तान लियोनेल मेस्सीसहित मैदान उत्रने छ । मेस्सीले यो सिजन आफ्नो उत्कृष्ट लयलाई समाति सकेका छन् । रामोस अनुपस्थित रहँदा मेस्सीले रामोसँगको ४५ खेलको क्लासिकोलाई बराबरी गर्नेछन् ।

रामोसले ४५ तथा मेस्सीले ४४ क्लासिको खेलेका छन् । दुवै जनाको क्लबमा भविष्य अनिश्चित रहेको छ । मेस्सीले रियलविरुद्ध २६ गोल गरेका छन् । तर, २०१८ मा २–२ गोलको बराबरीपछि मेस्सीले क्लासिकोमा गोल गर्न सकेका छैनन्। त्यसपछि ६ एल क्लासिको भइसकेको छ । उनी रियलविरुद्धको गोलको खडेरी अन्त्य गर्ने लक्ष्यमा हुनेछन् ।

मोड्रिच, मार्सेलो र इस्को

गत सिजन लुका मोड्रिच क्लासिको मा बेञ्चमा थिए । उनको प्रदर्शन उत्कृष्ट रहेपनि प्रशिक्षक जिदानले मोड्रिचलाई बेञ्चमा राखेर जोखिम मोल्दा इस्को र मार्सेलोले मौका पाएका थिए । तर, यो सिजन मोड्रिचले लगातार मौका पाइरहँदा मार्सेलो र इस्कोले विरलै अवसर पाएका छन् । तर, दुवै खेलाडी ब्याकअपका रुपमा टोलीमा रहनेछन् ।

सेमेडो, अर्थर, भिडाल, सुआरेज र राकिटिच

बार्सिलोनाबाट यो सिजन धेरै खेलाडीले टोली छाड्दा नेल्सन सेमेडो, अर्थर, आर्टुरो भिडाल, लुइस सुआरेज र इभान राकिटिच यो सिजनको क्लासिकोमा टोलीमा हुनेछैनन् । गत सिजन सुआरेज चोटका कारण मैदान बाहिर रहँदा क्रोएसियन मिडफिल्डर राकिटिचले बेञ्चबाट सुरुवात गरेका थिए ।

यस सिजन सर्जिनो डेस्ट, रोनाल्ड एराउजो, ओस्कार मिगुइजा र पेड्री टोलीमा रहेका छन् । यस्तै औसमाने डेम्वेलेले पनि बार्सिलोनाको पहिलो रोजाईमा खेल्नेछन् । अन्सु फातीले गत सिजन बेञ्चबाट सुरुवात गर्दा यो सिजन चोटका कारण मैदान बाहिर रहेका छन् ।

नाचोको पूनरागमन

गत सिजन कप्तान सर्जियो रामोस र राफयल भरान टोलीमा रहँदा नाचो फर्नान्डेसले विरलै अवसर पाएका थिए । तर, यो सिजन कप्तान रामोसको अनुपस्थितिमा नाचोले आफुलाई प्रमाणित गरिसकेका छन् । उनी जिदानको मुख्य खेलाडी बनिसकेका छन् । ड्यानी कार्भाहल चोटका कारण टोलीमा नरहँदा उनको स्थान लुकास भास्क्वेजले लिनेछन् ।

रियल टोली – थिवाउट कोर्टुवा, एन्ड्री लुनिन, डिएगो अल्टुव, इडर मिलिसाओ, नाचो फर्नान्डेज, मार्सेलो, अल्भारो ओर्डिजोला, फर्लान्ड मेन्डी, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, फेडे भाल्भेर्डे, इस्को, करिम बेन्जेमा, मार्काे एसेन्सियो, लुकास भास्क्वेज, भिनि जुनियर, मारियानो डियास र रोड्रिगो गोएस

बार्सिलोना टोली – मार्क आन्द टेर स्टेगन, इनाकी पेना र एर्नाउ टेनास, सर्जिनो डेस्ट, जेरार्ड पिके, रोनाल्ड एराउजो, क्लेमेन्ट लेङ्लेट, जोर्डी अल्वा, सर्जि रोबर्टाे, स्यामुइल उम्टिटी, जुनियर फिर्पाे, ओस्कार मिगुइजा, सर्जियो बुस्क्वेट्स, मिरालेम प्यानिच, रिकी पुच, पेड्री, फ्रान्की डि योङ, इलायक्स मोरिवा, एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट, लियोनेल मेस्सी, औसमाने डेम्वेले र फ्रान्सिस्को ट्रिन्काओ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.