default_image

3 years ago

April 10, 2021

‘एल क्लासिको’ रियल र बार्सिलोना भिड्दै

64 views

0 Bookmark

एजेन्सी – सिजनको दोस्रो ‘एल क्लासिको’ अर्थात रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल आज राति रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा हुदैछ ।

खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल बार्सिलोनालाइ हराउँदै स्पेनिस ला लिगाको उपाधि होडमा उभिन चहान्छ । बार्सिलोनालाई हराउन सके रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी बरारी गर्नेछ । तर, गोल अन्तरमा रियल दोस्रो स्थानमा रहनेछ । बराबरीले रियल तेस्रो स्थानमा यथावत रहँदा शीर्षस्थानको एट्लेटिको र बार्सिलोनासँग २ अंकले पछि पर्नेछ ।

तर, रियल बार्सिलोनालाई हराउँने लक्ष्यमा मैदानमा उत्रनेछ । टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, फेडे भाल्भेर्डे, फर्लान्ड मेन्डी, नाचो फर्नान्डेज, इडर मिलिसाओ, लुकास भास्क्वेज र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।

यस्तै इस्को, रोड्रिगो गाएस र मार्काे एसेन्सियो टोलीमा रहँदा चोटका कारण कप्तान सर्जियो रामोस, राफयल भरान, ड्यानी कार्भाहल र इडेन हाजार्ड टोलीमा हुनेछैनन् ।

अनुभवी डिफेन्डर रामोस, भरान र कार्भाहल टोलीमा नरहँदा रियललाई समस्या हुन सक्नेछ । तर उनीहरुको स्थान नाचो फर्नान्डेस, इडर मिलिसाओ, फर्लान्ड मेन्डी र मार्सेलोले सम्हाल्नेछन्।

यता, बार्सिलोना पनि रियललाई उसकै मैदानमा हराउँदै कम्तीमा एक दिनको लागि शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । रियललाई हराउन सके बार्सिलोनाले शीर्षस्थानमा एट्लेटिकोलाई २ अंकले पछि पार्नेछ । रियलसँगको बरीबरीले पनि बार्सिलोनाले एट्लेटिकोसँग अंक बराबरी गर्दै गोल अन्तरमा शीर्षस्थानमा उक्लनेछ ।

बार्सिलोनासँग मार्क आन्द टेर स्टेगन, सर्जिनो डेस्ट, रोनाल्ड एराउजो, क्लेमेन्ट लेङ्लेट, जोर्डी अल्वा, सर्जि रोबर्टाे, ओस्कार मिगुइजा, सर्जियो बुस्क्वेट्स, मिरालेम प्यानिच, पेड्री, फ्रान्की डि योङ, एन्टोइन ग्रिजमन, लियोनेल मेस्सी र औसमाने डेम्वेले रहेका छन् ।

ट्रिन्काओ, जेरार्ड पिके स्यामुइल उम्टिटी, जुनियर फिर्पाे, रिकी पुच, मोरिवा र मार्टिन ब्रेथवेट पनि टोलीमा रहेका छन् । चोटका कारण अन्सु फाती, नेटो र फिलिपे कौटिन्हो टोलीमा हुने छैनन् । रियलविरुद्ध मेस्सी नै बार्सिलोनाको मुख्य हतियार हुनेछ । मेस्सीले २०१८ मेमा भएको खेलमा रियलविरुद्ध गोल गरेपछि पछिल्लो ६ खेलमा गोल गर्न सकेका छैनन् । उनी रियलविरुद्धको गोलको खडेरी अन्त्य गर्ने दाउमा हुनेछ ।

बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई पराजित गर्न सकेको छैन । जसमा २ हार र १ बराबरीको नतिजा छ । पछिल्लोपटक रियलले बार्सिलोनालाई उसकै मैदानमा ३–१ को जित निकालेको थियो । त्यसअघि रियलले बार्सिलोनालाई २–० ले पराजित गरेको थियो ।

यि दुई टोलीबीचको पछिल्लो ३८ खेलको नतिजामा बार्सिलोना १६ खेलमा विजयी भएको छ । १२ खेल रियलले आफ्नो पक्षमा पार्दा १० खेल बराबरीमा टुंगिएको छ ।

लिगको २९औं चरणको खेल सकिदा एट्लेटिको ६६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बार्सिलोनाको ६५ तथा रियलको ६३ अंक छ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.