default_image

3 years ago

April 11, 2021

बार्सिलोनालाई हराउँदै रियल शीर्षस्थानमा

59 views

0 Bookmark

एजेन्सी – स्पेनिस ‘एल क्लासिको’ मा बार्सिलोनालाई सहजै पाखा लगाउँदै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिन सफल भएको छ ।

क्याटलान क्लब बार्सिलोनालाई २–१ ले पराजित गरेपछि रियलले एट्लेटिको म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो । शीर्षस्थानमा उक्लिएको रियलको ३० खेलबाट ६६ अंक पुगेको छ । समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिकोलाई पछि पारेको हो । एट्लेटिकोले एक खेल कम खेलेको छ । पराजित बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलको जितमा कप्तान करिम बेन्जेमा र टोनी क्रुसले गोल गर्दा पाहुना टोली बार्सिलोनाका ओस्कार मिगुएजाले एक गोल फर्काए । यो जितसँगै रियलले सन् २०१३ पछि पहिलोपटक एकै सिजनको एल क्लासिको आफ्नो पक्षमा पारेको छ । २०१३ को क्लासिकोको दुवै रियलले आफ्नो पक्षमा पारेको थियो । यो सिजनको क्लासिको रियलले ३–१ ले जितेको थियो ।

खेलको १३औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट रियलले अग्रता लिएको थियो । फेडे भाल्भेर्डेको पासमा लुकास भास्क्वेजले क्रस गरेको बललाई बेन्जेमाले ब्याकहिलबाट गोल गर्दा बार्सिलोनाका रक्षक ओस्कार मिगुएजा र गोलरक्षक मार्क आन्दर टेर स्टेगनले रोक्ने कुनै अवसर नै पाएन । २८औं मिनेटमा रियलले टोनी क्रुसको गोलबाट अग्रता दोब्बर बनायो ।

भिनिसियस जुनियरलाई पेनाल्टी बक्सबाहिर सर्जिनो डेस्टले लडाएपछि प्राप्त फ्रिकिकमा टोनी क्रुसको प्रहार सर्जिनोलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा गोललाईनमा रहेको जोडी अल्वाले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । ३४औं मिनेटमा फेडे भाल्भर्डेको प्रहार पोस्टमा लागेर फर्कदा आएको रिवाउन्डमा लुकास भास्क्वेजको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले सहजै नियन्त्रणमा लिन सफल भए ।

४१औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको प्रहारलाई लुकास भास्क्वेजले ब्लक गरिदिए । पहिलो हाफको इन्ज्युरी बार्सिलोनाको दुई प्रयास सफल हुन सकेन । ६०औं मिनेटमा ओस्कार मिगुएजाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए । उनेल जोर्डी अल्वाको पासलाई सदुपयोग गरेका थिए । ६२औं मिनेटमा भिनिसिय जुनियर चुके । ६६औं मिनेटमा लुका मोड्रिचबाट आएको पासलाइ भिनिसियस जुनिएलाई मिलाइदिएको पासलाई बेन्जेमाले भेट्न सकेन ।

खेलको इन्ज्युरी समयमा रियल १० खेलाडीमा समेटिएको थियो । आक्रामक मिडफिल्डर क्यासमिरो एक मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । उनले पहिलोपटक मेस्सीलाई फल गर्दा दोस्रो पटक ओस्कार मिगुएजालाई फल गर्न पुगेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.