default_image

3 years ago

May 3, 2021

पेनाल्टीमा बार्सिलोनाको संघर्ष

46 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि यस सिजन पेनाल्टी प्राप्त गरेपनि त्यसमा सफलता हासिल गर्न भने टोलीले निकै संघर्ष गर्नुपरेको छ । आइतबार भ्यालेन्सियाविरुद्ध खेलमा पनि त्यो जारी रहयो ।

कप्तान लिओनेल मेस्सीले भ्यालेन्सियाविरुद्ध प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् । गोलरक्षक जास्पर सिलेसनले मेस्सीको प्रहार बचाएका थिए । तर उक्त बचाउबाट फर्केकै बलमा आएको क्रस क्लियर गर्न नसक्दा मेस्सीले गोल गर्न सफल रहे ।

समग्रमा बार्सिलोनाले यस सिजन प्राप्त गरेको १७ पेनाल्टीमा ७ पटक गोल भएको छैन । बार्सिलोना ४१ प्रतिशत पेनाल्टी गोलमा परिणत गर्न सकेन । मेस्सीले मात्र यस सिजन ३ पटक पेनाल्टी चुकाएका छन् । भ्यालेन्सियाविरुद्ध नै लिगको पहिलो लेगमा पेनाल्टीमा चुकेका मेस्सी च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध पनि चुकेका थिए ।

मेस्सीबाहेक एन्टोइन ग्रिजमन, ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेट सबैले १-१ पटक पेनाल्टी मिस गरेका छन् । यी सबैले २ पेनाल्टी लिएकोमा एकमा गोल र अर्को चुकाएका हुन् । मिडफिल्डर मिरालेम प्यानिचले भने लिएको एकमात्र पेनाल्टीमा गोल गर्न सकेनन् ।

आइतबारको खेलमा मेस्सीले पेनाल्टीमा चुकेलगत्तै गोल गरे । त्यसपछि उनले फ्रिकिकमा सिधै गोल गर्दै लिगमा आफ्नो गोल संख्या २८ पुर्याएका छन् । ला लिगाको सर्वाधिक गोलकर्ताको सुचिमा मेस्सी रियल म्याड्रिडका करीम बेन्जेमाभन्दा ७ गोलले अघि छन् ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.