default_image

3 years ago

May 3, 2021

सिटीविरुद्ध एमबाप्पे खेल्ने सम्भावना

57 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) को म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगका लागि मनोबल थप उच्च भएको छ । चोटका कारण पछिल्लो समय आराम गरिरहेका टोलीका मुख्य खेलाडी मध्येका एक केलियन एमबाप्पे चोटमुक्त भएका छन् ।

चोटका कारण फ्रान्सेली फरवार्डले अघिल्लो साता लिग वानमा लेन्सविरुद्धको खेल गुमाएका थिए । उनको पिडौलामा समस्या रहेका कारण उनलाई आराम दिएको छ । च्याम्पियन्स लिग टोलीका लागि भने प्रशिक्षक माउरिसियो पोचेटिनोले एमबाप्पेलाई समेटेका छन् ।

‘एमबाप्पेको उपस्थितिलाई लिएर आशावादी छु । अपेक्षा गरौं उनी हामीसँग हुनेछन्’, प्रशिक्षक पोचेटिनोले भनेका छन्,‘ तर उनी खेल्ने नखेल्ने विषयमा खेल अघि निर्णय लिनेछौं ।’

एमबाप्पे खेलेको अवस्थामा पिएसजीले खेलमा पुनरागमन गर्ने सम्भावना बढ्नेछ । घरेलु मैदानमा भएको पहिलो लेगमा पिएसजी सिटीसँग २–१ ले पराजित भएको थियो । उक्त खेलमा एमबाप्पेको प्रदर्शन भने सन्तोषजनक रहेको थिएन । यद्दपी उनले ४५ युरोपियन खेलमा २७ गोल गर्नुका साथै १७ एसिस्ट गरेका छन् ।

पहिलो लेगमा उनले सन्तोषजनक प्रदर्शन गर्न नसकेपनि स्तरमा कम छैनन् । खेलमा म्यानचेस्टर सिटीका गोलकिपर इन्डरसनले भन्दा एमबाप्पेले कम पटक बल छोएका थिए । इन्डरसनले ३० पटक बल छुँदा एमबाप्पेले २९ पटकबाट बल छुने अवसर पाएका थिए ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.