default_image

3 years ago

May 5, 2021

फाइनल पुग्न चेल्सी र रियल म्याड्रिड भिड्दै

55 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा अज राति इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । पहिलो लेग १–१ गोलको बराबरीमा सकिदा दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा दोस्रो लेगमा चेल्सीलाई अवे गोल र घरेलु मैदानको फाइदा हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा चेल्सी रियललाई स्तब्ध पार्दै ९ वर्षपछि पहिलोपटक फाइनलमा पुग्ने दाउमा हुनेछ । चेल्सीलाई भने गोलरहित बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ । सन् २०११–१२ को च्याम्पियन चेल्सीले त्यसबेला जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो । त्यसपछि चेल्सीले २०१३–१४ को सिजनमा सेमिफाइनलको यात्रा तय गर्दा त्यसपछि प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

चेल्सीसँग क्रिस्टियन पुलिसिस, काइ हाभर्टज, टिमो वेर्नर, बेन चिलवेल, जर्गिन्हो, एङ्गोलो कान्टे, सिजर एज्पिलिक्वेटा, एन्टेनियो रुडिगर, आन्द्रेस क्रिस्टेन्सेन, थियागो सिल्भा र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । चोटका कारण मासन माउन्ट र माटियो कोभोसिसले खेल्ने सम्भावना न्युन छ । यस्तै टोलीसँग रिस जेम्स, कोर्ट जोउमा, हाकिम जियाच, ट्याम्मी अब्राहम, मार्काेस अलन्सो र ओलिभर जिरुउड रहेका छन् ।

यता, पहिलो लेगमा अवे गोलमा पछि परेको च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियल म्याड्रिड घरेलु टोली चेल्सीलाई हराउँदै फाइनल पुग्ने दाउमा हुनेछ । फाइनल पुग्न कम्तीमा पनि १–० को जितको खाँचो छ । गोलरहित बराबरीको नतिजा या हारले रियलको यात्रा सेमिफाइनलमा टुंगिनेछ । त्यसैले रियल निश्चित जितका साथै मैदान उत्रनेछ ।

सर्वाधिक १३ पटकको च्याम्पियन रियल पछिल्लो दुई सिजन प्रि–क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन । रियल २०१८–१९ मा डच क्लब आयाक्स र २०१९–२० मा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग पराजित हुदै प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

टोलीसँग फरवार्ड करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, लुका मोड्रिच, टोनी क्रुस, क्यासमिरो, इडर मिलिसाओ, रोड्रिगो गोएस, नाचो फर्नान्डेस र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । कप्तान सर्जियो रामोस र फेडे भाल्भेर्डेको आगमनले टोलीको मनोवल उच्च छ ।

यस्तै इडेन हाजार्ड दुई वर्षपछि स्टामफोर्ड ब्रिज फर्कदैछन् । उनी स्टामफोर्ड ब्रिज फर्कदा चेल्सी उनको विपक्षी टोली हुनेछ । सात सिजन चेल्सीमा बिताएका हाजार्ड सन् २०१९ मा रियल पुगेको थिए । लगातारको चोटका कारण हाजार्डले रियलमा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । टीमा खटिनुपर्ने मार्सेलो पनि टोलीमा रहेका छन् । चोटका कारण राफायल भरान, ड्यानी कार्भाहल र लुकास भास्क्वेज टोलीमा हुनेछैनन् ।

यि दुई टोलीको पछिल्लो तीन भेटमा रियल दुई खेलमा विजयी भएको छ । एक खेल बराबरीमा सकिएको छ । चेल्सी रियललाई हराउने लक्ष्यमा रहँदा रियल चेल्सीसँगको अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।

यस खेलको विजेताले २९ मेमा टर्कीको इस्तानवुलमा हुने फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले साविकको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ४–१ ले पराजित गर्दै क्लबको ५१ वर्षपछि पहिलोपटक युरोपको फाइनलमा स्थान बनाएको छ । सिटीले पहिलो लेगमा २–१ को जित दर्ता गर्दा दोस्रो लेगमा २–० को जित निकालेको थियो ।

June 2, 2024

विश्वकप छनोटका लागि साउदी जाने टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत आफ्नो अन्तिम दुई खेल खेल्न साउदी अरब प्रस्थान गर्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आईतबार काठमाडौंमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो । बिदाइमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई सहित सिइओ […]

June 2, 2024

आर्मीका ५ खेलाडी समेट्दै राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पाँच खेलाडी समेट्दै विश्वकप छनोटका अन्तिम दुई खेल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घोषणा भएको छ । साउदी अरबमा हुने युएई र यमन विरुद्ध बीचको छनोट खेलमा लागि २३ सदस्यीय फुटबल टोली घोषणा भएको हो । टोलीमा आर्मीका पाँच खेलाडी समेटिएका छन् । नियमित सदस्य भरत खवास, […]

June 2, 2024

मोउरिन्हो टर्किस लिगमा

एजेन्सी – प्रशिक्षक जोसे मोउरिन्हो टर्किस शीर्ष डिभिजनको क्लब फेनरबाचे पुगेका छन् । क्लबले सामाजिक सञ्जाल मार्फत मोउरिन्होलाई अनुबन्ध गरेको व्यहोरा सार्वजनिक गरेको हो । ६१ वर्षीया मोउरिन्होले इस्माइल कार्तललाई प्रतिस्थापन गर्नेछन् । कार्तलले शुक्रबार फेनेरबाचे लिग तालिकामा चिर प्रतिद्वन्दी गालातासाराय भन्दा पछि दोस्रो स्थान हासिल गरेपछि शुक्रबार क्लब छाडेका थिए । लिग सिजनभर एक […]

Success

Thank you for your time.