default_image

3 years ago

May 7, 2021

ग्रिजमन र सुआरेज पूर्व टोलीविरुद्ध खेल्दै

55 views

0 Bookmark

एजेन्सी– ला लिगाको यो सिजनको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ । जारी सिजनमा ४ चरणका खेल बाँकी छन् । मुख्यतः तीन टोलीबीच उपाधि भिडन्त रहेको छ ।

एट्लेटिको म्याड्रिड ७६ अंकका साथ शीर्षस्थानमा छ । समान ७४ अंकसहित गोलअन्तरमा रियल म्याड्रिड दोस्रो र बार्सिलोना तेस्रो स्थानमा छ । पछिल्लो खेलको हारबाट ७० अंक रहेको सेभिल्ला भने दौडमा केहि पछि परेको छ । यस्तो रोमाञ्चक मोडमा एट्लेटिको र बार्सिलोनाबीच शनिबार प्रतिस्पर्धा हुँदैछ ।

उपाधि दौडका लागि यो खेल महत्त्वपूर्ण हुने अनुमान गरिएको छ । एट्लेटिको विजयी भएको खण्डमा उसका लागि उपाधि दौड केहि सहज हुनेछ । बार्सिलोना जितेको खण्डमा भने उपाधि दौड थप रोचक र अंकअन्तर साँघुरो हुनेछ ।

ला लिगाको त्यो महत्त्वपूर्ण खेलमा दुई स्टारहरुमा विशेष नजर हुनेछ । बार्सिलोनाका एन्टोइन ग्रिजमन र एट्लेटिकोका लुइस सुआरेज । दुवैले यो सिजन समान १९ गोल गरेका छन् । सुआरेज बार्सिलोना र ग्रिजमन एट्लेटिकोका पूर्व स्टार हुन् । त्यसअर्थ पनि दुवैका लागि त्यो खेल केहि भावनात्मक रुपमा पनि अर्थपूण हुनेछ । दुवै खेलाडीले यो सिजन राम्रो प्रदर्शन गरिरहेका छन् ।

एट्लेटिकोको इतिहासमा सर्वाधिक गोल गर्नेको सुचीको पाँचौ स्थानमा छन् । उता सुआरेज बार्सिलोनाको सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो नम्बरमा छन् । दुवैले यसअघि १९ गोल गरिसकेका छन् । यदि दुवैमध्ये कुनै पनि खेलाडी गोल गर्न सफल हुन्छन् भने त्यो उपाधिका लागि निर्णायक पनि हुनसक्छ ।

यो सिजन सुआरेजका सबै गोल ला लिगामा सम्भव भएका हुन् । फ्रान्सेली ग्रिजमनले ला लिगामा १२, च्याम्पियन्स लिग र सुपर कोपा डि स्पानामा समान २ र कोपा डेल रेमा ३ गोल गरेका छन् । ग्रिजनले ४७ खेल सुआरेजले ३४ खेलमा त्यो गोल गरेका हुन् ।

पछिल्ला साताहरुमा ग्रिजमन उच्च फर्ममा छन् र नियमित रुपमा गोल गरिरहेका छन् । चोटमुक्त भएर फर्केपछि भने सुआरेजले गोल गर्न सकेका छैनन् ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.