default_image

3 years ago

May 8, 2021

न्युक्यासलसँग लेस्टरको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले घरेलु मैदानमा न्यु क्यासलसँग हार बेहोेरेको छ । लेस्टर सिटीले न्युक्यासलसँग ४–२ को हार बेहोरेको हो । किङ पावर स्टेडियममा न्युक्यासलको जितमा कलुम विल्सनले दुई तथा जोसेफ विललक र पउल डुम्मेटले समान एक गोल गरे । लेस्टरका मार्क अल्ब्राइटन र केलिची इहानाँचोले गोल फर्काए । शुक्रबार राति भएको […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले घरेलु मैदानमा न्यु क्यासलसँग हार बेहोेरेको छ । लेस्टर सिटीले न्युक्यासलसँग ४–२ को हार बेहोरेको हो ।

किङ पावर स्टेडियममा न्युक्यासलको जितमा कलुम विल्सनले दुई तथा जोसेफ विललक र पउल डुम्मेटले समान एक गोल गरे । लेस्टरका मार्क अल्ब्राइटन र केलिची इहानाँचोले गोल फर्काए ।

शुक्रबार राति भएको खेलको २४औं मिनेटमा जोसेप विललकको गोलबाट न्युक्यासलले खेलमा अग्रता लिएको थियो । ३४औं मिनेटमा पउल डुम्मेटले माट रिट्चीको पासमा गोल गर्दै न्युक्यासललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि न्युक्यासलको लागि दुवै गोल कलुम विल्सनले गरे । ६४औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई फराकिलो जितततर्फ अघि बढाए । ७३औं मिनेटमा कलुम विल्सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि न्युक्यासल ४–० ले अघि बढ्यो । त्यसपछि घरेलु टोली लेस्टरले ७ मिनेटको अन्तरमा दुई गोल गरेपनि जित निकाल्न सकेन ।

८०औं मिनेटमा मार्क अल्ब्राइटनले जेमी भार्डीको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८७औं मिनेटम केलिची इहानाचोले एयोजी पेरेजको पासमा गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

जितपछि न्युक्यासल ३५ खेलबाट ३९ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित लेस्टर ३५ खेलबाट ६३ अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.