default_image

3 years ago

May 24, 2021

हालान्डले डर्टमुन्ड नछाड्ने दावी

27 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलमा ट्रान्सफर विन्डो नजिकिँदै गर्दा बोरुसिया डर्टमन्डका इर्लिङ हालान्ड कता जान्छन् भन्ने विषयमा चर्चा हुने गर्दछ । उच्च प्रदर्शन गरिरहेका उनीमाथि रियल म्याड्रिड र बार्सिलोनाले चासो राखेको यसअघि पनि पटक पटक सर्वजनिक भएको थियो ।

तर, डर्टमुन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हान्स जोचिम वाट्ज्केले क्लब र खेलाडी दुवैलाई उनी विक्रीमा नरहेको राम्ररी थाहा भएको बताएका छन् । ‘म पूर्ण रुपमा विश्वस्त छु हालान्डले अर्को वर्ष पनि हाम्रै लागि खेल्नेछन्, ‘उनले भने, ‘रियल र बार्सिलोनालाई हाम्रो सम्झौता र परिस्थितिका बारेमा राम्रो जानकारी हुनुपर्दछ ।’

अप्रिलमा हालान्डका एजेन्ट मिनो राइओलाले दुवै क्लबसँग छलफल गरेका थिए । त्यति मात्र होइन सिइओले अर्को स्टार जोर्डन सान्चोका बारेमा पनि बोलेका छन् । सान्चो गत वर्ष म्यानचेस्टर युनाइटेड जाने चर्चा चले पनि अन्तत उनी क्लबमै रहेका थिए ।

‘म एकदमै आनन्दमा छु । गत समयको अन्तिम समय सम्म पनि सान्चो हामीसँग हुन्छ भन्ने कसैलाई विश्वास थिएन । तर अहिले उनी हामीसँगै छने,’ वाट्ज्केले भने, ‘टोली भएपछि खेलाडीसँम्झौता गर्ने वा जान दिने विकल्प हुन्छ । हामीले यसलाई स्वभाविक लिनुपर्दछ । तर हामीलाई थाहा छ सम्झौता कस्तो छ भन्ने त्यसले हामीलाई मद्दत गर्दैछ ।’

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.