default_image

3 years ago

May 16, 2021

गोलरक्षक एलिसनको गोलमा लिभरपुलको जित (गोलको भिडियोसहित)

193 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन गोलरक्षक एलिसन बेकरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ब्रोमविच आल्बियनलाई पराजित गरेको छ । अन्तिम समयमा एलिसनको गोलसँगै लिभरपुलले २-१ को जित दर्ता गरेको हो ।

वेस्ट ब्रोमले खेलको पहिलो हाफमा हाल रब्सन कानुको गोलमा अग्रता लिएको थियो । उनले १५ औं मिनेटमा माथिअस परेराको असिस्टमा गोल गरेका थिए । ३३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले साडियो मानेको पासमा गोल गर्दै जारी लिगमा आफ्नो गोल संख्या २२ पुर्याए ।

खेल बराबरीतर्फ धकेलिएको अवस्थामा प्रशिक्षक योर्गेन क्लोपले अन्तिम समयमा प्राप्त कर्नरमा गोलरक्षक एलिसनलाई आक्रमणमा पठाएका थिए । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका एलिसनले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको कर्नरलाई हेडर मार्फत गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै लिभरपुलको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनामा थप जोड पुगेको छ । लिभरपुलको ३६ खेलमा ६३ अंक छ । चौथो स्थानको चेल्सीको ६४ र तेस्रो स्थानको लेस्टरको ६६ अंक छ । चेल्सी र लेस्टरले अर्को साता एक अर्काको सामना गर्दैछन् ।

गोलको भिडियो :

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.