default_image

3 years ago

May 17, 2021

एटलेटिको म्याड्रिड ला लिगाको शीर्षस्थानमा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको ३७ औं चरणको खेलमा रोमान्चक जित दर्ता गर्दै एटलेटिको म्याड्रिड लिग तालिकाको शीर्षस्थानमा कायम रहेको छ । रियलले अवे मैदानमा एथ्लेटिक बिल्बाओमाथि जित निकालेपनि एटलेटिको म्याड्रिडले ओसासुनालाई घरेलु मैदानमा हराएपछि एटलेटिको नै अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको हो । एक समय खेलका दौरान रियल शीर्ष स्थानमा […]

54 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको ३७ औं चरणको खेलमा रोमान्चक जित दर्ता गर्दै एटलेटिको म्याड्रिड लिग तालिकाको शीर्षस्थानमा कायम रहेको छ ।

रियलले अवे मैदानमा एथ्लेटिक बिल्बाओमाथि जित निकालेपनि एटलेटिको म्याड्रिडले ओसासुनालाई घरेलु मैदानमा हराएपछि एटलेटिको नै अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको हो । एक समय खेलका दौरान रियल शीर्ष स्थानमा पुगेपनि एटलेटिकोले अन्त्यतिर लगातार गोल गर्दै जित हासिल गरेपछि उपाधि होडमा आफ्नो पकड कायम राख्न सफल रहयो ।

एटलेटिकोले घरेलु मैदानमा ओसासुनालाई सानदार पुनरागमन गर्दै २-१ ले हराउन सफल रहयो । ओसासुनाका आन्टे बुडिमिरले दोस्रो हाफको ७५ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले रुबेन गार्सियाको क्रसमा हेडरमार्फत गोल गरेका थिए । बुडिमिरको हेडरलाई गोलरक्षक यान ओब्लाकले बचाएपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त बल गोललाइन पार गरेपछि मात्र ओब्लाकले बचाएको देखाएको थियो ।

गोल खाएको ७ मिनेटमा नै एटलेटिकोले बराबरी गोल फर्कायो । जोआओ फेलिक्सको उत्कृष्ट चिप पासलाई रेनान लोडीले सदुपयोग गर्दै गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहार गोलरक्षकले बचाउने कुनै अवसर पाएनन् ।

खेलको २ मिनेट समय बाँकी रहँदा लुइस सुआरेजले गोल गर्दै एटलेटिकोलाई रोमान्चक जित दिलाए । उनले यानिक फरेरा करास्कोको लो क्रसलाई पेनाल्टी क्षेत्रभित्र अनामार्क रहेको अवस्थामा पहिलो टचमा नै गोल गर्दै जित दिलाएका थिए ।

यता रियलले एथ्लेटिक बिल्बाओमाथि १-० को जित निकाल्न सफल रहयो । पहिलो हाफ गोलरहित बराबरीमा रहेपछि रियलले दोस्रो हाफमा अग्रता लिएको थियो । रियलका लागि खेलको ६८ औं मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र क्यसेमिरोको लो क्रसलाई गोलमा परिणत गरेका थिए ।

यस्तै अर्को खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग २-१ ले पराजित भयो । कप्तान लिओनेल मेस्सीले पहिलो हाफमा गोल गरेपनि बार्सिलोनाले १० मिनेट पनि आफ्नो अग्रता जोगाउन सकेन । बार्सिलोनाले खेलको २८ औं मिनेटमा कप्तान लिओनेल मेस्सीको गोलमा अग्रता लिएको थियो ।

सर्जियो बुस्केट्सको लामो क्रसमा मेस्सीले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर पछि परेको १० मिनेट नबित्दै सेल्टा भिगोले गोल फर्कायो । सान्ती मिनाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले ठम्याउन नसक्दा सहज गोल भएको थियो । सान्ती मिनाले नै ८९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अंकबाट बन्चित गरे ।

अंक तालिकामा एटलेटिको म्याड्रिडको ८३ तथा रियल म्याड्रिडको ८१ अंक छ । बार्सिलोना भने ७६ अंकसहित लिगमा तेस्रो स्थानमा छ । बार्सिलोनाको लिग जित्ने सम्भावना पनि सकिएको छ । अब अन्तिम चरणमा एटलेटिकोले आफ्नो खेल जिते उपाधि पक्का गर्नेछ ।

रियलले भने उपाधि जित्न अब एटलेटिकोले कम्तिमा अंक गुमाउनुपर्ने समीकरण छ । रियलले अन्तिम खेल घरेलु मैदानमा भिल्लारियलविरुद्ध खेल्दैछ । एटलेटिकोले अवे मैदानमा रियल भालाडोलिडसँग खेल्नेछ । रियल र एटलेटिकोको अंक बराबर भएको अवस्थामा हेड टु हेडको आधारमा रियल म्याड्रिड अघि छ । रियलले यस सिजन एटलेटिकोविरुद्ध जित र बराबरी खेलेको थियो । बार्सिलोनाले एइबारको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

यो पनि हेर्नुहोस : गोलरक्षक एलिसनको गोलमा लिभरपुलको जित (गोलको भिडियोसहित)

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.