default_image

3 years ago

May 17, 2021

बार्सिलोना उपाधि होडबाट बाहिरियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोना सेल्टा डि भिगोसँग पराजित हुदै स्पेनिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ । लिगको शीर्ष दुई टोलीले जित निकालेको दिन बार्सिलोनाले घरेलु मैदानमा हार बेहोरेपछि उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि परेको छ […]

70 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोना सेल्टा डि भिगोसँग पराजित हुदै स्पेनिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ ।

लिगको शीर्ष दुई टोलीले जित निकालेको दिन बार्सिलोनाले घरेलु मैदानमा हार बेहोरेपछि उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि परेको छ ।

ला लिगामा अन्तिम चरणको खेल बाँकी रहँदा बार्सिलोनोले ७६ अंक जोड्यो । एट्लेटिकोको ८३ तथा रियलको ८१ अंक छ । जितपछि सेल्टा ५३ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।

नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई हराउन सान्टी मिनाले दुई गोल गरे । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । खेलको २८औं मिनेटमा कप्तान मेस्सीले सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, बार्सिलोनाले त्यो अग्रतालाई जोगाउन सकेन । ३८औं मिनेटमा सान्टी मिनाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा १० मिनेटमा अन्तरमा क्लेमेन्ट लेङ्लेटको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना समस्या परेको थियो । ७३औं मिनेटमा पहिलो पहेँलो कार्ड खाएका लेङ्लेटले ८३औं मिनेटमा अर्काे पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसको फाइदा सेल्टाले उठाउन सफल भयो ।

निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा सान्टी मिनाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनालाई स्तब्ध पार्दै उपाधि होडबाट पनि पन्छायो ।

अन्य नतिजा

एथलेटिको बिल्वाओविरुद्ध रियल म्याड्रिड (०–), एट्लेटिको म्याड्रिडविरुद्ध ओसासुना (–१), क्याडिजविरुद्ध इल्चे (१–), एलाभेसविरुद्ध ग्रानडा (–२), गेटाफेविरुद्ध लेभान्टे (–१), रियल बेटिसविरुद्ध हुएस्का (–०), रियल सोसिडाडविरुद्ध रियल भालाडोलिड (–१), भ्यालेन्सियाविरुद्ध एइवर (–१) र भिल्लारियलविरुद्ध सेभिया (–०)

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.