default_image

3 years ago

May 17, 2021

नाचोको गोलमा रियल म्याड्रिड उपाधि होडमै

एजेन्सी – डिफेन्डर नाचो फर्नान्डेसले सिजनको पहिलो गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा घरेलु टोली एथलेटिको बिल्वाओलाई १–० ले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ । सान मामेस बारियामा आइतबार राति भएको खेलमा रियलको जितमा डिफेन्डर नाचो फर्नान्डेसले गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको […]

44 views

0 Bookmark

एजेन्सी – डिफेन्डर नाचो फर्नान्डेसले सिजनको पहिलो गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा घरेलु टोली एथलेटिको बिल्वाओलाई १–० ले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ ।

सान मामेस बारियामा आइतबार राति भएको खेलमा रियलको जितमा डिफेन्डर नाचो फर्नान्डेसले गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा रियलले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई वेवास्ता गरिदिए ।

अल्भारो ओर्डिओजोलाको क्रस गरेको बल जोन मोर्सिलोको हातमा लाग्दै फर्किएको थियो । ५०औं मिनेटमा जोन मोर्सिलोको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले ब्लक गर्दै बिल्वाओको अग्रत टारे । ५८औं मिनेटमा लुका मोड्रिचको पेनाल्टी बक्सबाहिरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले डाइभ दिदै बचाए ।

६१औं मिनेटमा लुका मोड्रिचको कर्नरमा क्यासमिरोको हेडर क्रसबारमा लागेर फर्कदा रियल अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै रियललाई अग्रता दिलाए । क्यासमिरोले सिक्स यार्ड बक्सभित्र बाट गरेको लो क्रसलाई सुरुमै आफसाइड पोजिसनमा रहेका करिम बेन्जेमाले छाडेको बल नाचोलाई लाग्दै गोलमा परिणत भएको थियो ।

८३औं मिनेटमा मिकेल भेस्गाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा बिल्वाओले बराबरीको अवसर खेर फाल्यो । ८९औं मिनेटमा बिल्वाओ १० खेलाडीमा समेटियो । सब्सिच्युट राहुल गार्सिया १० मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

यो जितपछि रियलको उपाधि जित्ने सम्भावना जीवितै बनेको छ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले ओसासुनामाथि २–१ पूनरागमन जित निकालेपछि उपाधिको छिनोफानो अन्तिम खेलबाटै टुंगो लाग्ने भएको हो ।

एट्लेटिकोले रियल भालाडोलिड र रियलले भिल्लारियलसँग खेल्न बाँकी छ । यो दुवै खेलमा दुवै टोली बराबरीमा रोकिएको र दुवै टोली पराजित भएको अवस्थामा एट्लेटिको च्याम्पियन बन्नेछ । एट्लेटिकोले बराबरी वा हार भोगेको अवस्थामा रियल च्याम्पियन बन्नेछ ।

रियलले अंक गुमाएको अवस्थामा एट्लेटिको च्याम्पियन बन्ने छ । ३७औं चरणको खेल सकिदा शीर्षस्थानको एट्लेटिकोको ८३ तथा दोस्रो स्थानको रियलको ८१ अंक छ । पराजित बिल्वाओ ४६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.