default_image

3 years ago

May 17, 2021

मिलान बराबरीमा रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष चारको दौडमा रहेको एसी मिलान घरेलु मैदानमा काग्लिएरीसँग बराबरीमा रोकिएको छ । मिलानले काग्लिएरीसँग गोलरहित बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । घरेलु मैदान मिलानोमा आइतबार राति भएको खेलमा बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा मिलाले अंक बाड्न बाध्य बन्यो । यो बराबरीसँगै मिलान ३७ खेलबाट […]

39 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष चारको दौडमा रहेको एसी मिलान घरेलु मैदानमा काग्लिएरीसँग बराबरीमा रोकिएको छ । मिलानले काग्लिएरीसँग गोलरहित बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।

घरेलु मैदान मिलानोमा आइतबार राति भएको खेलमा बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा मिलाले अंक बाड्न बाध्य बन्यो ।

यो बराबरीसँगै मिलान ३७ खेलबाट ७६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । काग्लिएरी ३७ अंक जोडेर १६औं स्थानमा रहेको छ । अब मिलानलाई शीर्ष चारमा स्थान पक्का गर्न अन्तिम खेलमा एटलान्टालाई हराउनुपर्नेछ । बराबरी वा पराजित भएको अवस्थामा अन्य टोलीको नजितामा निर्भर हुनुपर्नेछ ।

शीर्ष चारको दौडमा मिलानसँगै नेपोली र युभेन्टस रहेका छन् । यि तीन टोलीबीच १ अंकको मात्रै अन्तर छ । लिग चरणको अन्तिम खेलमा नेपोलीले हेलास भेरोना तथा युभेन्टसले बोलोग्नासँग प्रतिस्पर्धा गर्दैछ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.