default_image

3 years ago

May 22, 2021

बेन्जेमासँग खेल्न पाउँदा एमबाप्पे खुसी

39 views

0 Bookmark

एजेन्सी – केलियन एमबाप्पेले फ्रान्सेली टोलीमा फरवार्ड करिम बेन्जेमालाई स्वागत गर्न पाउँदा खुसी लागको बताएका छन् । युरोपियन च्याम्पियसिपको टोलीमा प्रशिक्षक डिडिएर डेसच्याम्पले रियल म्याड्रिडका बेन्जेमालाई समेट्दै फ्रान्सेली टोलीको घोषणा गरेका थिए ।

पछिल्लो पाँच वर्ष बेन्जेमा राष्ट्रिय टोलीमा थिएनन् । त्यसकारण युवा स्टार एमबाप्पले उनीसँग खेल्न पाएका छ्रैनन् । युरोपियन च्याम्पियनसिपमा भने अब पेरिस सेन्ट जर्मेन(पिएसजी) का एमबाप्पले एन्टोइन ग्रिजमन र बेन्जेमाको साथ आक्रमणमा भूमिका निर्वाह गर्न पाउनेछन् ।

‘बेन्जेमालाई टोलीमा बोलाएकोमा म एकदम खुसी छु । मैले सधैं भन्दै आएको छु म उत्कृष्ट खेलाडीहरुसँग खेल्न चाहन्छु । बेन्जेमा भन्दा उत्कृष्ट खेलाडी विश्वमा धेरै छैनन् । हामीले जे अपेक्षा गरेका छौं त्यो दिन उनी सक्षम छन्,’ एमबाप्पेले भने, ‘उनी १० वर्षदेखि रियलबाट खेलिरहेका छन् । उनलाई दबाब कस्तो हुन्छ थाहा छ । उनीसँग त्यतिकै अनुभव छ र उनी क्षमतावान खेलाडी हुन् । उनी सहजै टोलीमा छिट्टै घुलमिल हुनेमा म विश्वस्त छु ।’

पिएसजीले बुधबार मोनाकोलाई २–० ले हराउँदै कोपा डे फ्रान्स उपाधि जितेको थियो । जसमा एमबाप्पले आफैले एक गोल गर्नेका साथै पहिलो गोलका लागि असिस्ट गरेका थिए । उनले सामूहिक प्रयासबाट उपाधि जित्न सफल भएको बताएका छन् ।

‘हामीलाई आशा छ लिग वानको उपाधि जित्ने सम्भावना पनि छ । टोलीलाई उपाधि दिलाउनका लागि हामी हरसम्भव प्रयास गर्नेछौं । टोलीका खेलाडी, स्टाफ सबै खुसी हुँदा मलाई खुसी लाग्छ । मेरा लागि तीन अर्थपूर्ण छन्,’ उनले थपे ।

‘मानिसले आफ्ना बारेमा कुरा गर्दा खुसी लाग्छ तर जित भनेको पूरा टोलीको प्रयासमा जित्न सकिन्छ । टोलीकै कारण मेरो मनोबल उच्च छ । टोलीका साथीहरुकै कारण मैले प्रदर्शनमा सुधार गर्न सक्छु । टोलीको धेरै मेहनत छ ।’

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.