default_image

3 years ago

May 22, 2021

मेस्सी र रोनाल्डोलाई पछि पार्दै बेन्जेमाले जिते अवार्ड

122 views

0 Bookmark

एजेन्सी – यो साता एक पछि अर्काे खुशीको क्षण व्यतित गरिरहेका स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ओन्जी डी ओर अवार्ड जितेका छन् ।

यो साता ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गर्नु र राष्ट्रिय युनियन अफ प्रोफेसनल फुटबलर्सबाट फ्रान्स बाहिर खेल्ने फ्रान्सको उत्कृष्ट खेलाडी बनेका बेन्जेमाले मेस्सी, लेवान्डोस्की र एमबाप्पेलाई पछि पार्दै ओन्जी डी ओर अवार्ड जितेका हुन् । सन् २०२१ मा युरोपियन फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै ओन्जी मुन्डियाल र समर्थकको रोजाईबाट बेन्जेमाले उक्त अवार्ड हात पारेका हुन् ।

अवार्ड जितेका ३३ वर्षीय बेन्जेमाले ४७.३ प्रतिशत मत पाए । दोस्रो स्थानमा रहेको मेस्सीले २०.१ प्रतिशत, तेस्रो स्थानमा रहेको रोबर्ट लेवान्डोस्कीले ११.३, एमबाप्पेले १०.३, ब्रुनो फर्नान्डेसले ३.५, रोनाल्डोले ३.२, योसुवा किम्मिखले १.५, एर्लिङ ब्राउट हालान्डले १, रोमेलु लुकाकुले ०.८, इल्केए गुन्डोगानाले ०.७ र लुइस सुआरेजले ०.३ प्रतिशत मत पाए ।

यो अवार्ड हात पारेपछि बेन्जेमाले फ्रान्सको टिममा फर्किन निकै लामो समय कुरेको र फ्रान्सको टिममा फर्किनका लागि निकै मेहेनत गरेको बताए । साथै उनले राष्ट्रिय टिमबाट फालिएपछि पनि हार नमानेको र झन मेहेनत गर्नका लागि प्रोत्साहित गरेको बताए ।

यस्तै बेन्जेमाले फ्रान्सको टिम उत्कृष्ट रहेको र टोलीमा प्रतिभावान खेलाडीको बाहुल्यता रहेको र उनीहरुसँग खेल्न उत्साहित रहेको बताएका छन् । ३३ वर्षको उमेरम पनि लगतार आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदा प्रशिक्षक डिडियर डेसच्याम्सलाई टोलीमा बोलाउन बाध्य बनाएको थियो । ‘मैले पछिल्लो समय लगातार राम्रो गरिरहेको छु ।’ बेन्जेमाले भने, ‘म अरुभन्दा राम्रो छु भन्न चहान्न तर पिचमा राम्रो गर्ने कोशिस गर्नेछु ।’

यस्तै बेन्जेमाले केलियन एमबाप्पे युवा र प्रतिभावान खेलाडी रहेको बताउँदै उनीसँगको साँझेदारी एक अर्कालाई बुझ्ने प्रयास हुने बताएका छन् । ला लिगाको अन्तिम दिन आज शनिबार उपाधि होडमा रहेको रियल म्याड्रिडबाट उपाधि जित्दै बेन्जेमा यो सिजनको सुखद अन्त्य गर्न चहान्छन् ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.