default_image

3 years ago

May 22, 2021

ला लिगा: एट्लेटिको र रियलबीच उपाधिको निर्णय आज

60 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको यो सिजनको उपाधिको छिनोफानो आज अन्तिम चरणको खेलबाट लाग्दैछ । उपाधि होडमा दुई शहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड रहेका छन् ।

ला लिगाको उपाधि जित्ने बलियो सम्भावना रहेको एट्लेटिकोले रियल भालाडोलिडको सामना गर्दा रियलले घरेलु मैदानमा भिल्लारियलको आतिथ्यता गर्दैछ । दुवै खेल नेपाली समयअनुसार राति ९:४५ बजेपछि हुनेछ ।

७ बर्षपछि ला लिगाको उपाधि जित्नका लागि एट्लेटिकोलाई आफ्नो खेलमा जित आवश्यक रहेको छ । रियल बराबरीमा रोकिएको अवस्थामा एट्लेटिकोले पनि बराबरी खेले एट्लेटिको च्याम्पियन बन्नेछ । रियलले पराजय भोगेको अवस्थामा एट्लेटिकोले पनि बराबरी हार भोगेको अवस्थामा पनि एट्लेटिकोले उपाधि जित्नेछ ।

एट्लेटिको रेलिगेसन जोनमा रहेको रियल भालाडोलिडलाई हराउँदै च्याम्पियन बन्ने दाउमा हुनेछ । एट्लेटिकोले पछिल्लोपटक २०१३–१४ को सिजनमा उपाधि जितेको थियो । एट्लेटिकोले समग्रमा १० पटक ला लिगाको उपाधि जित्दा समान १० पटक नै उपविजेता बनेको छ ।

टोलीसँग यो सिजन लयमा रहेका उरुग्वेली फरवार्ड लुइस सुआरेजको साथ रहेको छ । उनले यो सिजन ला लिगामा ३१ खेलमा २० गोल गर्नुका सागै ३ असिस्ट दिएका छन् । यस्तै एन्जल कोरेआ (८ गोल र ८ असिस्ट), यान्निक कारास्को (६ गोल र ९ असिस्ट), मार्काेस लोरेन्टे (१२ गोल र ११ असिस्ट), कप्तान कोकी, सउल निग्वेज, काइरन ट्रिपिएर, मारियो हर्माेसो, फिलिपे, जोस जिमिनेज र ३७ खेलमा १८ क्लिन सिट रहेका गोलरक्षक जान ओब्लाक टोलीमा रहेका छन् । ह्यामस्टिङ इन्ज्युरीका कारण थोमस लेमार र प्रतिबन्धका कारण स्टेफन साभिक टोलीमा हुनेछैनन् ।

यता, रियल भालाडोलिड पनि एट्लेटिकोलाई स्तब्ध पार्दै रेलिगेसन बचाउने लक्ष्यमा हुनेछ । यि दुई टोलीको ९ भेटमा भालाडोलिडले जित निकाल्न सकेको छैन । ८ खेल गुमाउदा १ खेल बराबरी खेलेको छ । ६ अक्टोवर २०१९ मा यि दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछिको दुई भेटमा एट्लेटिको विजयी भएको छ ।

यता, रियललाई च्याम्पियन बन्न भिल्लारियललाई हराउनुका साथै एट्लेटिकोले कम्तिमा अंक गुमाउनु पर्नेछ । रियलले जित निकालेको अवस्थामा एट्लेटिकोले बराबरी खेलेमा समान अंक हुदा हेड टु हेडमा रियल च्याम्पियन बन्नेछ । रियलले अंक गुमाएको खण्डमा उपाधि एट्लेटिकोलाई सुम्पिनेछ ।

गत सिजनको पनि विजेता रहेको रियल लगातार दोस्रो सिजन तथा समग्रमा ३५औं पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ । रियल सन् २००६–०७ र २००७–०८ को सिजनपछि लगातार दुई सिजन उपाधि जित्ने लक्ष्यमा छ ।

टोलीसँग २२ गोल र ८ असिस्ट दिएका करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, क्यासमिरो, फेडे भाल्भेर्डे, लुका मोड्रिच, नाचो फर्नान्डेज, इडर मिलिसाओ, अल्भारो ओर्डिओजोला, मिगुइल गुइटेरेज र गोलरक्षक थिवाउट कोर्टुवा रहनेछन् । चोट बोकेका कप्तान सर्जियो रामोस र राफयल भरानले खेल्ने सम्भावना छ । कोरोनाका कारण मिडफिल्डर टोनी क्रुस, इन्ज्युरीका कारण इडेन हाजार्ड, फर्लान्ड मेन्डी, लुकास भास्क्वेज र ड्यानी कार्भाहल टोलीमा हुनेछैनन् ।

यता, भिल्लारियल पनि रियललाई हराउँदै युरोपा लिगका छनोट हुने लक्ष्यमा हुनेछ । टोलीसँग अघिल्लो खेलमा सेभियाविरुरद्ध ह्याट्रिक पुरा गरेका कार्लाेस बाका, मोइ गोमेज, जेरार्ड मोरेनो, पाउ टोरेस, राहुल अल्वियोल, मारियो गास्पर र गोलरक्षक सर्जियो एसेन्जो रहेका छन् ।

यि दुई टोलीको १९ खेलमा रियल ९ खेलमा विजयी भएको छ । ८ खेल बराबरीमा सकिदा २ खेल भिल्लारियलले आफ्नो पक्षमा पारेको छ । यि दुई टोलीले पछिल्लोपटक १–१ गोलको बराबरी खेलेका थिए । रियल पछिल्लोपटक १३ जनवरी २०१८ मा घरेलु मैदानमा १–० ले पराजित भएको थियो ।

यस्तै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाइसकेका बार्सिलोनाले आज राति नै एइवरसँग तथा सेभियाले एलाभेससँग खेल्दैछ ।
यस्तै अर्काे सिजनको युरोपा लिग खेल्ने सम्भावना रहेको रियल सोसिडाडले ओसासुनासँग खेल्दैछ । युरोपा कै दौडमा रहेको रियल बेटिसले सेल्टा डि भिगोको सामना गर्दा भिल्लारियलले रियल म्याड्रिडसँग खेल्दैछ ।

रियल सोसिडाडको ५९ तथा रियल बेटिस र भिल्लारियलको समान ५८ अंक छ । यि तीन टोलीमध्ये एक टोलीले युरोपा लिगमा स्थान पक्का गर्नेछ । एक टोलीले युरोपा लिगको लागि छनोट चरण खेल्नुपर्ने हुन्छ ।

यस्तै रेलिगेसनमा पर्ने तीन टिमको टुंगोपनि अन्तिम चरणको खेलबाट लाग्नेछ । इल्चेले एथलेटिको बिल्वाओ, हुएस्काले भ्यालेन्सिया र रियल भालाडोलिडले एट्लेटिको म्याड्रिडको सामना गर्दैछ । यि चार टोलीको नतिजाबाटै रेलिगेसनमा पर्ने तीन टोलीको टुंगो लाग्नेछ ।

खेल तालिका

सेल्टाविरुद्ध रियल बेटिस (राति ९:४५ बजे)

एइवरविरुद्ध बार्सिलोना (राति ९:४५ बजे)

इल्चेविरुद्ध एथलेटिक बिल्वाओ (राति ९:४५ बजे)

ओसासुनाविरुद्ध रियल सोसिडाड (राति ९:४५ बजे)

रियल म्याड्रिडविरुद्ध भिल्लारियल (राति ९:४५ बजे)

रियल भालाडोलिडविरुद्ध एट्लेटिको म्याड्रिड (राति ९:४५ बजे)

हुएस्काविरुद्ध भ्यालेन्सिया (राति ९:४५ बजे)

ग्रानडाविरुद्ध गेटाफे (राति १०:१५ बजे)

सेभियाविरुद्ध एलाभेस (राति १२:४५ बजे)

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.