default_image

3 years ago

May 22, 2021

हालान्डको दुई गोलमा डर्टमुन्डको जित

46 views

0 Bookmark

एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई तथा कप्तान मार्काे रिउसको एक गेल मद्दतमा बोरुसिया डर्टमुन्डले यो सिजनको जर्मन बुन्डेसलिगाको अन्तिम खेलमा बायर लिभरकुसनलाई ३–१ ले पराजित गरेको छ ।

सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा पाहुना टोलीका लार्स बेन्डरले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा नै रेनिएरको पासमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । ५१औं मिनेटमा कप्तान मार्काे रिउसले गाल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लाथि तेस्रो गोल गर्दै डर्टमुन्डलाई जिततर्फ अघि बढाए । उनले यो सिजन बुन्डेसलिगामा २८ खेलमा २७ गोल र ६ असिस्ट दिए । ८९औं मिनेटमा लार्स बेन्डरले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि डर्टमुन्डलाई रोक्न पर्याप्त बनेन ।

यो जितसँगै डर्टमुन्डले यो सिजन तेस्रो स्थानमा लिग अन्त्य गर्दै अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट भएको छ । पराजित लिभरकुसन ५२ अंक जोडेर छैटौ स्थानमा रहँदै अर्काे सिजनको लागि युरोपा लिगमा छनोट भएको छ ।

बोरुसिया मोन्चेतग्लाडवाकसँग ४–२ को हार बेहोरेसँगै वेर्डर ब्रेमेन रेलिगेसनमा परेको छ । रेलिगेसनमा परिसकेको साल्केलाई पराजित गरेपछि कोल्न सिधै रेलिगेसनमा नपरेपनि रेलिगेसन छनोट खेल्नुपर्ने भएको छ । अन्तिम खेलमा स्टुटगार्टमाथि २–० को जित निकालेपछि अर्मेनिया विलेफिल्ड रेलिगेसनबाट जोगिएको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगलाई २–१ ले स्तब्ध पार्दै युनियन बर्लिनले युरोपा कन्फ्रेन्स लिगमा स्थान सुरक्षित गरेको छ ।

बुन्डेसलिगाबाट यो सिजन बायर्न, लाइप्जिग, डर्टमुन्ड र वल्फ्सवर्गले च्याम्पियन्स लिग खेल्नेछन् । फ्रान्कफुर्ट र बायर लिभरकुसनले युरोपा लिग तथा युनियन बर्लिनले युरोपा कन्फ्रेन्स लिग खेल्नेछन् । एफसी कोल्नले रेलिगेसन प्ले अफ खेल्नुपर्नेछ । वेर्डर ब्रेमेन र साल्के रेलिगेसनमा परेको छ ।

अन्य नतिजा
कोल्न
विरुद्ध साल्के (–०), फ्रान्कफुर्टविरुद्ध फ्रेइवर्ग (–१), होफेनहाइनविरुद्ध हर्था बर्लिन (–१), युनियन बर्लिनविरुद्ध आरबी लाइप्जिग (–१), स्टुटगार्टविरुद्ध अर्मेनिया विलेफिल्ड (०–), वेर्डर ब्रेमेनविरुद्ध बोरुसिया मोन्चेतग्लाडवाक (२–), वल्फ्सवर्गविरुद्ध मेइन्ज (२–), बायर्नविरुद्ध अग्सवर्ग (–२)

May 21, 2024

सामाजिक र खालीबारीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन् । बराबरी सँगै ९ खेलमा १२ अंक सहित सामाजिक सातौं स्थानमा रहेको छ भने खालीबारी […]

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

Success

Thank you for your time.