default_image

3 years ago

May 24, 2021

ला लिगामा खेल्ने रासफोर्डको संकेत

41 views

0 Bookmark

एजेन्सी – इङ्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डले खेल जीवन अघि बढ्दै जाँदा आफू ला लिगा खेल्नका लागि इच्छुक रहेको संकेत गरेका छन् । २३ वर्षे फरवार्डले अहिले सम्मको खेल जीवन म्यानचेष्टर युनाइटेडमा बिताइरहेका छन् । सन् २०१६ देखि नै उनी टोलीको हिस्सा रहँदै आएका छन् ।

देश बाहिर गएर खेल्ने विषयमा सोधिएको प्रश्नमा जवाफ दिने क्रममा रासफोर्डले भनेका छन्, ‘मैले कहिल्यै नाई भनेको छैन । म रियल म्याड्रिड र बार्सिलोनाको प्रशंसक हुँ । किनकी ती टोलीमा सधै उत्कृष्ट खेलाडी आबद्ध हुन्छन् र उनीहरु आकर्षक फुटबल खेल्छन् । हरेकले रियल र बार्सिलोनाको खेल हेर्छन् ।’

यद्दपी अहिले उनी रियल वा बार्सिलोनाको प्राथमिकतामा भने छैनन् । यसैपनि कोरोना महामारीका कारण रियल, बार्सिलोनासहित युरोपका अधिकांश क्लब आर्थिक रुपमा कठिन अवस्थामा रहेका छन् ।

रासफोर्डको ओल्ड ट्राफर्डमा सन् २०२३ सम्मको सम्झौता रहेको छ । अझ त्यसमा एक वर्ष थप्न सक्ने विकल्प पनि रहेको छ । युनाइेटडले दोस्रो स्थानमा रहँदै यसपटकको प्रिमियर लिगको अन्त्य गरेको थियो । यहि साता युनाइटेडले युरोपा लिगको फाइनल खेल्दैछ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.