default_image

3 years ago

May 27, 2021

भिल्लारियल युरोपा लिग च्याम्पियन!

74 views

0 Bookmark

एजेन्सी – स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११-१० ले पराजित गर्दै भिल्लारियल क्लब इतिहासमा नै पहिलो उपाधि जित्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टोलीले सुरुवाती १०-१० प्रहार गोल गरेपछि गोलरक्षकहरुले सडन डेथमा प्रहार गर्नुपरेको थियो । एघारौं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले आफैं गोल गरेर त्यसपछि युनाइटेडका डेविड डे हेयाको प्रहार बचाएपछि भिल्लारियल च्याम्पियन बनेको हो ।

भिल्लारियलका लागि टाइब्रेकरमा जेरार्ड मोरेनोले पहिलो प्रहार गोल गरेका थिए । युनाइटेडका लागि जुआन माटाले पनि पहिलो प्रहारमा गोल गरे । ड्यानी राबाले भिल्लारियलका लागि दोस्रो प्रहारमा गोल गरेपछि एलेक्स टेलेसले युनाइटेडलाई बराबरीमा ल्याए ।

तेस्रो प्रहार गर्न आएका पाको अल्कासेरको प्रहार गोलरक्षक डे हेयाले ठम्याएपनि हातमा लाग्दै गोल भएको थियो । युनाइटेडका लागि पनि ब्रुनो फर्नान्डेसको प्रहार गोलरक्षक जेरमिनो रुल्लीको हातमा लाग्दै गोल भयो । चौथो प्रहारमा अल्बर्टो मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । मार्कस रासफर्डले पनि युनाइटेडको चौथो प्रहारमा कुनै गल्ती गरेनन् ।

भिल्लारियलका ड्यानी परेहोले पाँचौ प्रहारलाई गोलमा परिणत गर्दै युनाइटेडमाथि दबाब बनाएका थिए । उरुग्वेली फरवार्ड एडिन्सन काभानीले पनि सहजै गोल गर्दै खेल सडन डेथमा लम्ब्याएका थिए । मोइ गोमेजले गोल गर्दै भिल्लारियललाई पुन: अग्रता दिलाएका थिए । फ्रेडले आफ्नो प्रहार उत्कृष्ट ढंगले कर्नरमा प्रहार गर्दै खेल बराबरीमा ल्याए ।

कप्तान राउलो आल्बिओलले गोल गर्दै भिल्लारियललाई पुन: अग्रतामा राखेका थिए । ड्यानिएल जेम्सले पनि सहज ढंगले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि फ्रान्सिस कोकेलाइनले टप कर्नरमा पेनाल्टी प्रहार गर्दै गोलरक्षक डे हेयालाई कुनै अवसर नै दिएनन् । लुक शाको प्रहार गोलरक्षक रुल्लीको हातमा लाग्दै गोल छिरेपछि सडन डेथ नवौं प्रहारमा पुगेको थियो ।

मारियो गास्पारले गरेको शक्तिशाली प्रहारलाई डे हेयाले हातले छोएपनि बचाउन भने सकेनन् । एक्सेल तुआनजेबेले गोलरक्षकलाई विपक्षी दिशामा पठाउँदै खेल दशौं प्रहारसम्म लम्ब्याए । पाउ टोरेसले टप कर्नरमा प्रहार गरेपछि भिल्लारियल अग्रता लिन सफल भयो । भिक्टर लिन्डलफले पनि आफ्नो प्रहारमा कुनै गल्ति नगरी दुवै गोलरक्षकलाई प्रहार गर्न निम्त्याएका थिए ।

एघारौं प्रहारमा भिल्लारियलका गोलरक्षक रुल्लीले गोल गरे । तर म्यानचेस्टर युनाइटेडका डेविड डे हेयाको प्रहार रुल्लीले आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएपछि भिल्लारियल उपाधि जित्न सफल भएको थियो ।

त्यसअघि खेलको २९ औं मिनेटमा भिल्लारियलले जेरार्ड मोरेनोको गोलमा अग्रता लिएको थियो । ड्यानी परेहोको फ्रिकिकलाई मोरेनोलाई सदुपयोग गर्दै मोरेनोले गोलरक्षक डेविड डे हेयालाई बिट गर्दै गोल गरेका थिए । युनाइटेडले दोस्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल फर्कायो । एडिन्सन काभानीले कर्नरको रिबाउन्डमा क्लियर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए ।

निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीले ३० मिनेटको अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

Success

Thank you for your time.