default_image

3 years ago

May 27, 2021

एलेग्रीले जिदानको स्थान लिने सम्भावना

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सम्झौता नथप्ने निर्णय लिएसँगै अब टोली नयाँ प्रशिक्षकको खोजीमा छ । रियलले मासिमिलानो एलेग्रीलाई पहिलो विकल्पको रुपमा लिएको छ । युभेन्टसका पूर्व प्रशिक्षक एलेग्री पछिल्लो समय कुनै क्लबसँग आबद्ध छैनन् । तर उनलाई इटालीका ठूला क्लबले अर्को सिजनका लागि सम्पर्क गर्न थालिसकेका छन् । यस्तो अवस्थामा […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सम्झौता नथप्ने निर्णय लिएसँगै अब टोली नयाँ प्रशिक्षकको खोजीमा छ । रियलले मासिमिलानो एलेग्रीलाई पहिलो विकल्पको रुपमा लिएको छ ।

युभेन्टसका पूर्व प्रशिक्षक एलेग्री पछिल्लो समय कुनै क्लबसँग आबद्ध छैनन् । तर उनलाई इटालीका ठूला क्लबले अर्को सिजनका लागि सम्पर्क गर्न थालिसकेका छन् । यस्तो अवस्थामा उनले रियलको अवस्था के हुन्छ थाहा भएपछि मात्र निर्णय लिने बुझिएको छ ।

एलेग्रीले युभेन्टसमा रहँदा निकै सफल कार्यकाल बिताएका थिए । उनले घरेलु प्रतियोगितामा लगातार उपाधि जित्दा युरोपमा भने सफल रहन सकेनन् । त्यसैले उनले युभेन्टसमा यात्रा टुंग्याएका थिए । तर उनको प्रस्थानपछि क्लबले लय गुमाउन पुग्यो । युभेन्टसले पनि उनको अवस्थाबारे चासो राखेको छ ।

च्याम्पियन इन्टर मिलानले पनि एलेग्रीको अवस्थाबारे नजिकबाट बुझ्न थालेको छ । एन्टोनियो कोन्टेले उपाधि जितेलगत्तै क्लब छाडेपछि अहिले इन्टर नयाँ प्रशिक्षकको खोजीमा छ । र एलेग्रीको नाम नै टोलीको लागि पहिलो रोजाई छ । यता रियलका लागि एलेग्री नआएको खण्डमा कोन्टे पनि विकल्पका रुपमा अघि आएका छ ।

रियलले जिदानको निर्णयपछि मात्र अन्य विकल्प खोज्ने बताएको थियो । जिदानले आफू निरन्तरता नदिने बताएसँगै अब एलेग्रीका लागि रियलले प्रस्तावको तयारी गरिसकेको छ । एलेग्री र कोन्टेबाहेक रियलका लागि राउल गोन्जालेज पनि विकल्प हुन सक्छन् । जिदानले जसरि नै राउल पनि क्लबमा खेलाडीको रुपमा लामो समय बिताएपछि अहिले दोस्रो टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

यो पनि : जिदान रियलका सर्वाधिक सफल प्रशिक्षक

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.