default_image

3 years ago

May 28, 2021

मेस्सीलाई बार्सिलोनाको नयाँ प्रस्ताव

एजेन्सी – बार्सिलोनाले सुपर स्टार लिओन मेस्सीलाई सम्झौताको नयाँ प्रस्ताव गरेको छ । मेस्सीको अहिलेको सम्झौता जुन ३० मा सकिंदैछ । क्लबका अध्यक्ष जोन लापोर्टाको टोलीले मेस्सीको सम्झौताको अन्त्यसम्म प्रतिक्षा नगरि नयाँ सम्झौताको प्रस्ताव अघि सारेको छ । तर मेस्सीले भने क्लबको सन् २०२१/२२ को योजना नहेरी नयाँ प्रस्तावका बारेमा प्रतिक्रिया नजाउने बताइएको छ । […]

51 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले सुपर स्टार लिओन मेस्सीलाई सम्झौताको नयाँ प्रस्ताव गरेको छ । मेस्सीको अहिलेको सम्झौता जुन ३० मा सकिंदैछ ।

क्लबका अध्यक्ष जोन लापोर्टाको टोलीले मेस्सीको सम्झौताको अन्त्यसम्म प्रतिक्षा नगरि नयाँ सम्झौताको प्रस्ताव अघि सारेको छ । तर मेस्सीले भने क्लबको सन् २०२१/२२ को योजना नहेरी नयाँ प्रस्तावका बारेमा प्रतिक्रिया नजाउने बताइएको छ । मेस्सी अहिले अर्जेन्टिनाले भाग लिने कोपा अमेरिकाको तयारीमा जुटेका छन् ।

३३ वर्षे सुपर स्टार देशका लागि पहिलो महत्वपूर्ण उपाधि दिलाउने योजनामा रहेका छन् । मेस्सीले पटक पटक बार्सिलोनाले उपाधि जित्नका लागि नयाँ योजनाको आकर्षक प्रस्ताव ल्याएको खण्डमा विचार गर्न सकिने बताउँदै आएका छन् । उनले आर्थिक विषय भने दोस्रो प्राथमिकतामा रहेको उल्लेख गर्दै आएका छन् ।

लापोर्टा भने क्लबको आर्थिक अवस्थाका बारेमा बुझ्न चाहिरहेका छन् । त्यसका लागि अझै केहि साता कुर्नुपर्ने हुन्छ । त्यसका वावजुद पनि टोलीले मेस्सी सामूह प्रस्ताव अघि सारेको हो । शुक्रबार लापोर्टाले पत्रकार सम्मेलनमार्फत मेस्सीका बारेमा थप प्रकाश पार्ने अपेक्षा गरिएको छ ।

यो पनि : रोनाल्डो र मेस्सी : तथ्यांकमा को अगाडि ?

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.