default_image

3 years ago

May 30, 2021

आधुनिक फुटबल भनेको आक्रमक फुटबल नै हो !

बद्री भट्टराई, काठमाडौं नेपालले गए राती एसियालको बलियो टोली मध्येको इराकसँग उसकै भूमिमा मैत्रीपूर्ण खेल खेल्यो । खेल सुरु भएको ७ मिनेट भित्र नेपाल र इराकले समान १–१ गोल गरिसकेका थिए । इराकले फ्रिककिकमा गोल गरेको केहि सेकेण्डमा नै नेपालको तर्फबाट गोल पनि भयो । अन्जन विष्टको प्रहार क्लियर गर्ने प्रयासमा इराकी खेलाडीले आफ्नै पोष्टमा […]

163 views

0 Bookmark

बद्री भट्टराई, काठमाडौं

नेपालले गए राती एसियालको बलियो टोली मध्येको इराकसँग उसकै भूमिमा मैत्रीपूर्ण खेल खेल्यो । खेल सुरु भएको ७ मिनेट भित्र नेपाल र इराकले समान १–१ गोल गरिसकेका थिए । इराकले फ्रिककिकमा गोल गरेको केहि सेकेण्डमा नै नेपालको तर्फबाट गोल पनि भयो ।

अन्जन विष्टको प्रहार क्लियर गर्ने प्रयासमा इराकी खेलाडीले आफ्नै पोष्टमा गोल गर्ने अवस्थाको सृजना भयो । त्यसका आधारमा भन्न सकिन्छ नेपाल र इराक दुवै आक्रमक फुटबल खेल्ने रणनीतिमा थिए । इराकले नेपालविरुद्ध आक्रमक खेल्नु स्वभाविक हो । नेपालले त्यस्तै शैलीमा विरलै सुरुवात गरेको होला ।

पूर्व प्रशिक्षक योहन कालिनको भन्दा विल्कुल फरक शैलीमा अब्दुल्लाह अलमुताइरीले खेलको फरर्मेसन बनाएका थिए । गोल रोक्ने प्रयास त छ नै त्यो भन्दा पनि गोल हान्ने मनस्थितिका साथ मैदानमा उत्रिएको नेपाली टोलको प्रर्दशन औसत उत्कृष्ट रह्यो । ६ जनाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा मनिष डाँगी र गौतम श्रेष्ठ पहिलो रोजाइमा मौका पाए ।

मनिषले २८ औं मिनेटमा गरेको गोल र उनको खेलकौसलका आधारमा प्रशिक्षकको छनोट यो समयका लागि उत्कृष्ट मान्न सकिन्छ । मनिष र गौतम दुवैले आफ्नो भूमिकामा न्याय गरे । विगतमा गोलको खडेरी परिरहेको नेपाली टोलीमा मनिषले एउटा सम्भावना देखाएका छन् ।

अनुभवी खेलाडीहरु कप्तान समेत रहेको गोलकिपर किरण चेम्जोङ र रोहित चन्द दबाब देखिन्थे । दबाबकाबीच केहि कमजोरी पक्का भएको नै हो । कमजोरी स्वभाविक हो । कमजोरीका बाबजुद पनि खेल प्रदर्शनलाई खराब भनिहाल्न मिल्ने अवस्था पक्का होइन । फुटबलमा एउटा सानो गल्तीको पनि ठूलो मुल्य चुकाउनु पर्छ । गल्तीका कारण नै विपक्षी टोलीलाई फाइदा पुग्ने हो ।

विपक्षीमाथि जति दबाब दिन टोली सफल भयो, आफ्नै कारण बढी गोल खान पुग्यो। इराकले पहिलो हाफको ३८ औं,३९ औं र इन्जुरी समयको मिनेटमा गोल गर्दै ४‑२ को अग्रता बनाएको थियो। दोस्रो हाफमा ६६ औं, ७५ औं मिनेटमा गोल थप्दै घरेलु टोली ६‑२ ले विजयी भयो ।

एसियाली फुटबलमा इराक बलियो टोलीमा गन्ति हुन्छ । जारी विश्वकप छनोट चरणमा पनि इराकको प्रदर्शन उच्च रहँदै आएको छ । टोली आफ्नो समूहको शीर्षस्थानमा छ । नेपाली टोली दक्षिण एसियामा बलियो राष्ट्र मध्येमा पर्छ । विश्व कप छनोट र एसियन कप छनोट नेपालका लागि सहज चुनौती पक्कै होइन । नेपाली टोलीको हरेक जित वा हारको निर्मम समिक्षा नगर्दा सम्म भविष्यमा नतिजा सोचेअनुरुप आउन कठिन देखिन्छ ।

अलमुताइरीले नेपाली टोलीको जिम्मेवारी सम्हालेको धेरै भएको छैन । त्यसले अहिले नै उनका बारेमा धारणा बनाईहाल्नु न्यायोचित नहुन सक्छ । किनकी उनले टोली सम्हालेको एक महिना पनि खेलाडी संग बिताउन पाएका छैनन । त्यसका बावजुद पनि उनी संग टोलीका हरेक खेलाडीको आवश्यक विवरण छ । त्यो उनको बलियो पक्ष हो ।

अर्को विषय उनी जसरी मिडिया संग खुल्छन् र सहजै सबै परिणामका लागि तयार हुन्छन् त्यो एउटा प्रशिक्षकका लागि अनिवार्य शर्त पनि हो । खेलाडी छनोट, अनुशासन, खेलाडीको एक्सपोजरमा उनको नेतृत्वले पक्का प्रभाव पारेको छ । उनले मैदानमा पनि केहि हद सम्म आफ्नो रणनीतिलाई देखाएका छन । ५ गोलले पछाडि परेकोे अवस्थामा पनि टोलीले विपक्षीको पेनाल्टी बक्समा दबाब दिन खोज्दै थियो । त्यसैले पनि फराकिलो हारमा पनि खेल हेर्न लायक बनिरहेको थियो । नेपाल निरिह हुन छाडेर खेल्ने प्रयासकोे सुरुवात गर्दैछ ।

इराकविरुद्ध नेपाली टोलीले निरिह भएन खेलेन । तर दोस्रो हाफको ४५ मिनेटको खेललाई फुटबललाई माया गर्ने प्रत्येक नेपाली समर्थक, एन्फाका पदाधिकारी, प्रशिक्षक सबैले धेरै पटक हेर्नु पर्नेछ । हामीले दोस्रो हाफको कति समय बलमा पकड राख्न सफल भयौ । कति पटक विपक्षी पोष्टमा धावा वोल्यौ । यो अध्ययन गर्नु जरुरी छ । सायद अध्ययन हुनेछ । प्रशिक्षकले जुन आक्रमक खेलको सुरुवात गरेका छन् ।

यस्तो अवस्थामा धेरै गोल खान पनि सक्ने हुन्छ । हामीले त्यसलाई स्वीकार्न पर्छ । अनि आक्रमक फुटबलका लागि हाम्रा खेलाडीहरु कुनहद सम्म फिट हुनुपर्छ भन्ने कुरा एन्फा र प्राविधिक टोलीले पक्का बुझेको हुनुपर्छ । युवा उमेर समुहका प्रत्येक खेलाडी उत्तिकै अब्बल छन् । खेल्ने क्षमता पनि राख्दछन् । प्रशिक्षक पनि रिस्क जोनमा जान तयार देखिन्छन् । प्रशिक्षकको यो किसिमको तयारीमा एन्फाले कस्तो योजना बनाउछ यो महत्वपूर्ण हुन्छ ।

प्रशिक्षकले एन्फा व्यवस्थापन पक्षलाई निकै ठूलो सहयोग गरिरहेका छन । उनले प्रत्येक नतिजाका लागि आफू जिम्मेवार हुने बताइरहेका छन् । यो व्यवस्थापन पक्षका लागि हितकर विषय हो । इराक वा विश्वकप छनोटका खेलहरु बाट नेपाली फुटबलको कायापलट हुन्छ भन्ने होइन । प्रशिक्षक अलमुताइरीसंग एन्फाको स्पिरिट मेल खान्छ वा खादैन, यो बढी महत्वपूर्ण विषय हो ।

एन्फाको नेतृत्व संग कम्तिमा १० वर्षको स्पष्ट योजना, कार्यान्वयनको पाटो, स्रोत र साधनको उपलब्धता हुन सक्यो भने परिवर्तन सम्भव छ । अन्यथा हामी प्रत्येक खेलका आधार बलियो र कमजोर भएको तर्क गर्न थाल्यौ भने कुनै परिवर्तन सम्भव छैन । फिफाको वरियता हेरेर जित्दा हामीले यो लेभलको लाई जित्यौ भन्ने र हार्दा त्यत्रो माथीको टोलीसँग हारेको त हो नि भनेर झारा टार्ने तर्क आधुनिक फुटबलमा अर्थ हुँदैन ।

यदि सोहि तर्क बोकिरहने हो भने आफू भन्दा माथिल्लो टोलीविरुद्ध कहिल्यै प्रतिस्पर्धामा जान सकिदैन । मैदानमा जानु भन्दा अगाडि वरियतालाई हेर्ने हो भने हामी दक्षिण एसियाको टोली हौं । भारत र माल्दिभ्स भन्दा माथी जाने मात्रै सोच्ने अवस्था आउँछ । यो नेपाली फुटबलको एजेण्डा हो भने त्यो सही हुनसक्छ । अन्यथा फेरी एक पटक निर्मम समिक्षा आवश्यक छ ।

अन्त्यमा ,

गोल संख्याका आधारमा यो नजितालाई सामान्य मान्न सकिन्छ । नेपालले इराकसँग सन् १९८२ मा भएको एसियन कप छनोटमा ३–० गोलले पराजय भोगेको थियो । २००१ मा भएको विश्वकप छनोटका दुई खेलमा पहिलोमा ९–१ र अर्कोमा ४–२ ले पराजय व्यहोरेको थियो । नतिजाका आधारमा इराक संग नेपाल पराजित हुन स्वभाविक हो । यो खेलमा देखिएको आक्रमक फुटबलको सुरुवातका लागि सबै पक्षले सहयोग गर्नु आवश्यक छ ।

नतिजाका आधारमा होइन खेल स्तरका आधारमा मुल्यांकन गर्ने परिपाटीलाई स्थापित बनाउन सक्नु पर्दछ । व्यवसायिक फुटबलको लागि यो नै आधार स्तम्भ हो । मुख्य विषय फेरी पनि खेलाडीहरुका लागि अब्बल योजना, प्राविधिक सिप, प्रतियोगिता, प्रोत्साहन अनि स्पष्ट भिजन हुनु जरुरी छ ।

त्यस्तो भिजन देखिनुपर्छ । अनुभूत गर्ने हुनुपर्छ, र महसुस गर्न पाउनुपर्छ । नेपाली फुटबलले निरिहता छाडेर आक्रमक शैली सुरुवात गर्ने हो भने यसका लागि आवश्यक हर तयारी तर्फ अब एन्फा लाग्नु जरुरी छ । आधुनिक फुटबल भनेको आक्रमक फुटबल नै हो ।

काठमाडौ खेलकुद समाजका अध्यक्ष समेत रहेका भट्टराई एन्फा मिडिया समितिका पूर्व सह संयोजक हुन् ।

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

Success

Thank you for your time.