default_image

3 years ago

June 5, 2021

आफ्नै देशमा हुने कोपामा ब्राजिलले नखेल्ने सम्भावना

एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्यासेमिरोले टोलीका सबै सदस्यले अर्को साता ब्राजिलमै सुरु हुने भनिएको कोपा अमेरिका नखेल्ने संकेत दिएका छन् । शनिबार विहान इक्वेडरविरुद्ध विश्वकप छनोटको खेलमा जित दर्ता गरेपछि बोल्ने क्रममा क्यासेमिरोले यस्तो अभिव्यक्ति दिएका हुन् । खेलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा कप्तान क्यासेमिरोले कोपा ब्राजिलमा हुने निर्णयप्रति असन्तुष्टि जनाउँदै […]

38 views

0 Bookmark

एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्यासेमिरोले टोलीका सबै सदस्यले अर्को साता ब्राजिलमै सुरु हुने भनिएको कोपा अमेरिका नखेल्ने संकेत दिएका छन् ।

शनिबार विहान इक्वेडरविरुद्ध विश्वकप छनोटको खेलमा जित दर्ता गरेपछि बोल्ने क्रममा क्यासेमिरोले यस्तो अभिव्यक्ति दिएका हुन् । खेलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा कप्तान क्यासेमिरोले कोपा ब्राजिलमा हुने निर्णयप्रति असन्तुष्टि जनाउँदै उपस्थित भएका थिएनन् । प्रशिक्षक टिटेले त्यसबेला टोलीका केहि खेलाडी कोपा ब्राजिलमा आयोजना भए नखेल्ने सम्भावना रहेको बताएका थिए ।

क्यासेमिरोले भने शनिबार केहि खेलाडी मात्र नभएर टोलीका सबै सदस्य अहिलेको अवस्थामा कोपा अमेरिका खेल्न इच्छुक नरहेको जानकारी दिएका छन् । ‘सबैजनाको एउटै निर्णय हो, प्रशिक्षक टिटे सहित । युरोपमा खेल्ने खेलाडी मात्र होइन, सबैको निर्णय,’ उनले थपे, ‘सबैलाई थाहा छ ब्राजिलमा कोपा अमेरिकालाई लिएर के स्थिति छ । त्यो झन स्पष्ट हुँदै गएको छ । अब पाराग्वेविरुद्ध खेलपछि हामीसँग थप स्पष्ट निर्णय हुनेछ ।’

कोपा अमेरिका जुन १३ देखि सुरु हुने तालिका रहेको छ । तर पछिल्लो समय आयोजनालाई लिएर चौतर्फी आलोचना हुँदै आएको छ । कोलोम्बिया र अर्जेन्टिनाबाट नाम फिर्ता लिएर ब्राजिललाई दिने निर्णयमा प्रश्न उठ्नु स्वभाविक पनि हो । ब्राजिल दक्षिण अमेरिकामा कोरोनाले सबैभन्दा प्रभावित देशमा पर्छ ।

अहिले ब्राजिलमा कोरोना महामारीलाई लिएर सरकारले बेवास्ता गरेको भन्दै दिनहुँ प्रदर्शन भइरहेको । यस्तो अवस्थामा ब्राजिलले नै आयोजना गर्ने निर्णयबाट ब्राजिलियन खेलाडी खुसी नरहेको बताइएको छ ।

टिटेले अघिल्लो दिन पत्रकार सम्मेलनमा भनेका थिए, ‘प्रतियोगिता आयोजनाका विषयमा गरिएको राष्ट्रपतिको निर्णयविरुद्ध खेलाडीको धारणा प्रष्ट छ । त्यसै कारण पनि क्यासेमिरो आज उपस्थित भएनन् ।’

ब्राजिलका राष्ट्रपतिकै आग्रहमा कन्मेबलले प्रतियोगिता ब्राजिलमा सारेको थियो । ब्राजिलका जनताले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने बेलामा कोपा आयोजनामा ध्यान दिएको भन्दै आलोचना गरेका छन् ।ब्राजिलले कोपा अमेरिकाको पहिलो खेल जुन २७ मा इक्वेडरविरुद्ध खेल्नुपर्ने तय छ ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.