default_image

3 years ago

June 5, 2021

सुखद रहेन रोनाल्डोको म्याड्रिड भ्रमण

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले शुक्रबार म्याड्रिड फर्कदा सुखद स्वागत भने पाउन सकेनन् । रियल म्याड्रिडका पूर्व फरवार्ड पोर्चुगिज टोलीका साथ स्पेनविरुद्धको युरोपियन च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलका लागि म्याड्रिड पुगेका थिए । एट्लेटिको म्याड्रिडको मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेल हेर्न उपस्थित दर्शकले उनीलाई खासै सद्भाव देखाएनन् । खेलअघिको वामअर्पको समयमा रोनाल्डोले जति पटक बल […]

90 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले शुक्रबार म्याड्रिड फर्कदा सुखद स्वागत भने पाउन सकेनन् । रियल म्याड्रिडका पूर्व फरवार्ड पोर्चुगिज टोलीका साथ स्पेनविरुद्धको युरोपियन च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलका लागि म्याड्रिड पुगेका थिए ।

एट्लेटिको म्याड्रिडको मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेल हेर्न उपस्थित दर्शकले उनीलाई खासै सद्भाव देखाएनन् । खेलअघिको वामअर्पको समयमा रोनाल्डोले जति पटक बल छोए त्यतिनै दर्शकले गिज्याउने र सिठ्ठी बजाउने गतिविधि प्रस्तुत गरेका थिए ।

रोनाल्डो एक्लो थिएनन्

स्पेनको राजधानीमा भएको खेलमा रोनाल्डो मात्र होइन उनका युभेन्ट्स सहकर्मी स्पेनका फरवार्ड अल्भारो मोराटा, स्पेनिस टोलीका प्रशिक्षक लुइस इन्रिके दर्शकको हुटिङको शिकार भए । दर्शकले उनीहरुको विरोध गर्दै सिठ्ठी बजाएका थिए । खेल अघिबाटै इन्रिकेलाई दर्शकले हुटिङ गरे । खेल अघि बढ्दै जाँदा मोराटाले गोल गर्ने अवसर गुमाएसँगै दर्शकले निरन्तर गालीगलौज गरेका थिए ।

‘मलाई त्यो खासै मतलब छैन,’ मोराटालाई लिएर दर्शकको प्रतिक्रियाका बारेमा इन्रिकेले भने, ‘मोराटाले निकै दबाब सृजना गरेका थिए । उनले विपक्षीलाई संकटमा पार्दा ताली बजाउनु । उनले ४० मिटर बल लिएर गोलरक्षकलाई छक्याएपछिको प्रहार क्रसबारमा लाग्यो । दर्शकले मलाई सिठ्ठी मारुन केहि छैन । तर मेरो खेलाडीलाई गरेको मलाई मन पर्दैन।’

स्पेन र पोर्चुगलको अभ्यास खेल गोलरहित बराबरीमा टुंगिएको थियो । युरो कपमा स्पेन समूह ‘इ’मा पोल्यान्ड, स्लोभाकिया र स्वीडेनका साथ तथा पोर्चुगल, फ्रान्स, जर्मनी र हंगेरी समूह ‘एफ’मा छन् ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.