default_image

3 years ago

June 8, 2021

जाभी बार्सिलोना जान सहि समय कुर्दै

62 views

0 Bookmark

एजेन्सी – गएको सिजन सकिएलगत्तै बार्सिलोनाले नयाँ प्रशिक्षक भित्राउने चर्चा चलेको थियो । तर अन्ततः अर्को सिजन पनि रोनाल्ड कोम्यानले हेर्ने पक्का भइसकेको छ ।

प्रशिक्षकको चर्चा गर्दा टोलीका पूर्व स्टार जाभी हर्नान्डेजको नाम आउने गरेको थियो । टोलीका पूर्व महान खेलाडीमध्येका एक जाभीले एक दिन बार्सिलोनाको प्रशिक्षण सम्हाल्ने विश्वास गरिएको छ । जाभीले दुई पटक बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

उनले आफ्नो बाल्यकालदेखिको क्लबको प्रस्तावलाई अस्वीकार गर्न कठिन भएको उल्लेख गर्दै त्यो जिम्मेवारीका लागि यो सहि समय नभएको बताएका छन् । ‘सौभाग्य भनौं या दुर्भाग्य । मैले दुई पटक बार्सिलोनलाई नाई भएको छु । पारिवारिक, व्यवसायिकलगायत अन्य केहि कारणले मैलै अस्वीकार गरेको हु,’ उनले भने ।

‘तर नाई भन्नका लागि धेरै कठिन भयो । किनकी म आफै बार्सिलोनाका समर्थक हु । तर यो सहि समय होइन ।’ गत वर्ष प्रस्ताव आउँदा उनले अस्वीकार गरेका थिए । उनले बार्सिलोनाको प्रशिक्षक बन्नका लागि हतार नरहेको पनि बताएका छन् ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.