default_image

3 years ago

June 6, 2021

स्वीडेनको सहज जित

एजेन्सी – युरोकप अघिको तयारी खेलमा स्वीडेनले सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्वीडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको हो । फ्रेन्ड्स एरिना सोल्नामा घरेलु टोलीको सहज जितमा इमिल फोर्सवर्ग, मार्कुस डानिल्सन र मार्कुस वर्गले गोल गरे । पाहुना टोलीका भाहन विचाकच्यानले एक गोल फर्काए । खेलको […]

72 views

0 Bookmark

एजेन्सी – युरोकप अघिको तयारी खेलमा स्वीडेनले सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्वीडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको हो ।

फ्रेन्ड्स एरिना सोल्नामा घरेलु टोलीको सहज जितमा इमिल फोर्सवर्ग, मार्कुस डानिल्सन र मार्कुस वर्गले गोल गरे । पाहुना टोलीका भाहन विचाकच्यानले एक गोल फर्काए । खेलको १६औं मिनेटमा इमिल फोर्सवर्गको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।

३४औं मिनेटमा मार्कुस डानिल्सनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा स्वीडेनका सेवास्टिन लार्सन पेनाल्टीमा चुके ।६४औं मिनेटमा भाहन विचाकच्यानले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८५औं मिनेटमा मार्कुस वर्गले गोल गर्दै स्वीडेनको जित पक्का गरे ।

अन्तर्राष्ट्रिय खेलमा स्वीडेनको यो लगातार पाँचौ जित हो । युइएफए नेसन्स लिगमा फ्रान्ससँग ४–२ ले पराजित भएयता स्वीडेनले सबै पाँच खेलमा जित हात पारेको छ । पछिल्लो १० खेलमा पहिलो हार हो । नेसन्स लिगमा नथ म्यासेडोनियासँग २–१ ले पराजित भएयता अर्मेनिया अपराजित रहेको थियो । यसक्रममा ६ जित र ३ बराबरीको नतिजा निकालेको थियो ।

अब स्वीडेन युरोकपमा होमिनेछ । समूह ‘ई’ मा रहेको स्वीडेनले स्पेन, स्लोभाकिया र पोल्यान्डसँग खेल्नेछ । अर्मेनिया भने युरोकपमा छनोट हुन असफल भएकाले अब आगामी सेप्टेम्वरमा मात्रै विश्वकप छनोटको खेलमा सहभागी हुनेछ ।

यस्तै अन्य खेलमा स्लोभेनियाले जिब्राल्टारमाथि ६–० को जित दर्ता गरेको छ । रसियाले बुल्गेरियालाई १–० ले हराउँदा वेल्स अल्वानियासँग गोलरहित बराबरीमा रोकिएको छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.