default_image

3 years ago

June 6, 2021

हाजार्ड म्याड्रिडमै रहने

त्तएजेन्सी – इडन हाजार्डको रियल म्याड्रिडमा भविष्यका के हुने भन्ने रहस्यमा छ । तर टोलीका गोलकिपर थियाबाउट कोर्टुवाले भने हाजार्ड आउने सिजन हाजार्ड रियलमै रहने बताएका छन् । केहि सञ्चारमाध्यमले रियलले हाजार्डलाई विक्री गर्न सक्ने उल्लेख गरिरहेका उनका बेल्जियम राष्ट्रिय टोली तथा रियलका सहकर्मी कोर्टुवाले उनी रियलमै रहनेमा आफूलाई कुनै शंका नरहेको बताएका छन् । […]

30 views

0 Bookmark

त्तएजेन्सी – इडन हाजार्डको रियल म्याड्रिडमा भविष्यका के हुने भन्ने रहस्यमा छ । तर टोलीका गोलकिपर थियाबाउट कोर्टुवाले भने हाजार्ड आउने सिजन हाजार्ड रियलमै रहने बताएका छन् ।

केहि सञ्चारमाध्यमले रियलले हाजार्डलाई विक्री गर्न सक्ने उल्लेख गरिरहेका उनका बेल्जियम राष्ट्रिय टोली तथा रियलका सहकर्मी कोर्टुवाले उनी रियलमै रहनेमा आफूलाई कुनै शंका नरहेको बताएका छन् । ‘म शतप्रतिशत पक्का छु । उनी यहि रहनेछन् । उनी छाड्न चाहिरहेका छैनन् ,’ उनले भने,’ म्याड्रिडको प्रेसले मात्र उनले रियल छाड्न चाहेको लेखिरहेका छन् । उनी यहाँ रहन चाहन्छन् । चोट मुक्त भएर खेल्दै उपाधि जित्न चाहन्छन् ।’

रियलमा हरेक खेलाडीको आलोचना हुने पनि कोर्टुवाले प्रष्ट पारेका छन् । ‘ग्यारेथ बेलको पनि आलोचना हुन्थ्यो । तर उनले किभमा भएको च्याम्पिन्स लिगको फाइनलमा २ गोल गरेका थिए । लिस्बनको फाइनलमा उनले मलाई पनि गोल गरेका थिए,’ उनले भने, ‘हामी सबैलाई थाहा छ म्याड्रिडमा प्रेस र समर्थकबाट दबाब र आलोचना हुने गर्छ । तर हाजार्डले त्यो सम्हाल्नेछन् । म उनलाई राम्ररी जान्दछु । अझै पनि उनले धेरै परिवर्तन गर्न सक्छन् ।’

आफूबीचमा रियलमा सँगै खेल्ने बीचमा पनि कुराकानी भइराख्ने पनि कोर्टुवाले बताए । ‘उनी अहिले पनि रियलको महत्वपूर्ण खेलाडी बन्न चाहन्छन् र उपाधि जित्न चाहन्छन् । यो सिजन उनले अहिले जिममा मेहनत गरेका थिए र अहिले एकदम ठिक छन्,’ उनले थपे, ‘शरीरिक रुपमा उनी पहिला भन्दा पनि बलियो भएका छन् । विगतमा राष्ट्रिय टोली र चेल्सीमा भए जस्तै प्रशिक्षणमा पनि राम्रो गरिरहेका छन् ।’

यसै साता सुरु हुने युरोमा हाजार्डले राम्रो गर्न सकेको खण्डमा त्यो राष्ट्रिय टोली र रियलका लागि आउने सिजनका लागि राम्रो हुने कोर्टुवाको बुझाइ छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.