default_image

3 years ago

June 8, 2021

वाइनाल्डम पीएसजीमा अनुबन्ध नजिक

43 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका डच मिडफिल्डर जर्जिन्हो वाइनाल्डम फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध नजिक पुगेका छन् ।

पीएसजीले क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै ३० वर्षीय मिडफिल्डर अनुबन्ध नजिक पुगेको हो । वाइनाल्डम यो सिजनको अन्त्यसँगै स्वतन्त्र छन् । वाइनाल्डम आफ्नो डच पुर्व प्रशिक्षक प्रशिक्षक रहेको क्याटलान क्लब बार्सिलोनामा जाने अपेक्षा गरिएपनि बार्सिलोना अन्तिम समयमा सफल हुन सकेन । पिएसजीले अन्तिम समयमा उनलाई सम्पर्क गर्दै प्रक्रिया अघि अब्धाएको थियो ।

पीएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले वाइनाल्डम अनुबन्धको लागि व्यक्तिगत रुपमा नै प्रयास थालेका थिए । रिपोर्ट अनुसार पीएसजीले वाइनाल्डमसँग ३ वर्षको लागि अनुबन्ध गर्नेछ । उनको मेडिकल हुन बाँकी छ । वाइनाल्डम अनुबन्धको लागि जर्मन च्याम्पियन बायर्न म्युनिखसँगै बार्सिलोनाले पनि चासो देखाएको थियो । पीएसजीको प्रस्तावअघि वाइनाल्डमले बार्सिलोना जान मौखिक सहमति गरिसकेको खबर सार्वजनिक भएको थियो ।

मुन्डो डेपोर्टिभोको पहिलो पृष्ठमा वाइनाल्डमको लागि पीएसजीले बार्सिलोनाले भन्दा दोब्बर बढी मुल्यको प्रस्ताव गरेको उल्लेख छ । वाइनाल्डमका डच सहयात्री मेम्फिस डिपाए भने फ्रि ट्रान्सफरमा बार्सिलोना जाने चर्चा छ । बार्सिलोनाका अधिकांश खेलाडीले क्लबमा आफ्नो पारिश्रमिक घटाएका छन् ।

बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यान र वाइनाल्डमलाई पुर्नमिलन गराउने सम्भावना बढाएको थियो । प्रशिक्षक कोम्यानका सम्झौता अवधि थपिदा वाइनाल्डम अनुबन्धको सम्भावना भने टाढिएको छ । राष्ट्रिय टोलीबाट ७५ क्याप जितेका वाइनाल्डमले आगमी युरोकपमा फ्रान्क डे बोयरको नेतृत्वमा खेल्नेछन् । नियमित कप्तान भर्जिल भान डाइकको अनुपस्थितिमा वाइनाल्डमले नै डच टोलीको नेतृत्व सम्हाल्ने देखिएको छ ।

२०१६–१७ को सिजनमा न्यु क्यासलबाट लिभरपुल आएर पाँच सिजन बिताउँदा वाइनाल्डमले २३७ खेलमा २२ गोल गरेका छन् । उनले यो सिजन लिभरपुलबाट ५१ खेल खेल्दै ३ गोल गरेका छन् । उनले डच टोलीबाट ७४ खेलमा २२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । वाइनाल्डमले लिभरपुलबाट समान एकपटक च्याम्पियन्स लिग, प्रिमियर लिग, युएफए सुपर कप र फिफा क्लब विश्वक जिते ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.