default_image

3 years ago

June 7, 2021

अमेरिकालाई नेसन्स लिगको उपाधि

42 views

0 Bookmark

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी मेक्सिकोलाई पराजित गर्दै अमेरिकाले कन्काकाफ नेसन्स लिगको पहिलो संस्करणको उपाधि जितेको छ । अतिरिक्त समयसम्म लम्बिएको खेलमा ३-२ को जित दर्ता गर्दै अमेरिकाले सन् २०१७ यता उपाधि जित्ने सफल रहयो ।

कप्तान क्रिस्टियन पुलिसिचले अतिरिक्त समयको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलमा मेक्सिकोले दुई पटक अग्रता लिएपनि युवा खेलाडीले भरिपूर्ण अमेरिका खेलमा फर्कन सफल भएको थियो । खेलको दुवै हाफमा अमेरिकाले बराबरी गोल फर्काएको थियो ।

दोस्रो मिनेटमा जेसस कोरोनाले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए । सेन्टर डिफेन्डर मार्क मकेन्जीको पासलाई नियन्त्रणमा लिँदै कोरोनाले गोल गरेका थिए । खेलको २७ औं मिनेटमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्दै आएका मिडफिल्डर जिओ रेयनाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा मेक्सिकोले ७९ औं मिनेटमा अग्रता लियो । वैकल्पिक खेलाडी डिएगो लाइनेजले गोल गरेका थिए । तर त्यसको तीन मिनेट नबित्दै अमेरिका बराबरीमा आयो । युभेन्टसका मिडफिल्डर वेस्टन मकेनीले गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले ।

ुलिसिचले १ सय १४ औं मिनेटमा आफैंले जितेको पेनाल्टीमा गोल गरे । तर त्यसको केहि मिनेटमा नै मेक्सिकोले पेनाल्टी प्राप्त गर्यो । आन्द्रेस गुआर्डाडोको प्रहार गोलरक्षक होर्भाथले बचाउँदै अमेरिकाको जित पक्का गरे । यसअघि अमेरिकाले सन् २०१७ मा गोल्ड कप पनि जितेको थियो ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.