default_image

3 years ago

July 5, 2021

भारानको नजर म्यानचेस्टर युनाइटेडमा

94 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका रक्षक राफेल भारेनको प्रतिनिधिले यो साता म्यानचेष्टर युनाइटेडसँग छलफल गर्ने भएका छन् । त्यो भेटमा भारानको प्रिमियर लिग टोलीमा आबद्ध हुने टुंगो लाग्ने अनुमान गरिएको छ ।

सेन्टर डिफेन्डर भारानको रियलमा अझै एक वर्षको सम्झौता बाँकी छ । सम्झौता नविकरण नगरे उनी अर्को सिजन फ्रि ट्रान्सफरमा क्लब छाड्न पाउनेछन् । तर भारानले दुवै पक्षलाई फाइदा हुने भन्दै यसै ट्रान्सफर विन्डोमा रियल छाड्न चाहेको बताइएको छ । इंग्ल्यान्डका सञ्चारमाध्यमले भारान रियलमा खुसी नरहेको उल्लेख गरेका छन् । नयाँ सम्झौताका लागि लुका मोड्रिच, लुकास भाज्क्वेज र सर्जियो रामोसकै अवस्था हुन सक्ने अनुमानका साथ भारेन रियल छाड्न चाहिरहेका छन् ।

मोड्रिच र भाज्क्वेजले रियलसँग नयाँ सम्झौता गरेपनि सम्झौता अवधिका बारेमा सहमति नभएपछि रामोसले गत साता मात्र क्लब छाड्ने निर्णय लिएका थिए । फ्रान्सेली रक्षकको चाहना अनुसार युनाइटेड उनका लागि उपयुक्त गन्तव्य हुने विश्वास गरिएको छ ।

सञ्चारमाध्यमका अनुसार रियलले भारानलाई ६० मिलियन युरोको आसपासमा विक्री गर्न चाहेको छ । रियलले पनि केलियन एमबाप्पे वा इर्लिङ हालान्ड मध्ये एकलाई भित्राउनका लागि ठूलो रकम खर्चनु पर्ने हुन सक्छ । त्यसका लागि भारानलाई विक्री गर्दा केहि सहयोग हुने विश्वास गरिएको छ । भारानको ट्रान्सफरमा पोग्बालाई संलग्न गर्नेबारे पनि रियलले सोचेको छ ।

डेभिड अलाबाको आगमन, इडर मिलिटियो, नाचो फर्नान्डेज र जिसस भालेजो टोलीमा रहेका कारण भारान वा रामोसले क्लब छाड्ने रियलको अनुमान थियो । पेरिस सेन्ट जर्मेनले पनि भारानलाई भित्राउन चाहेको भएपनि उनको चाहना भने इंग्ल्यान्ड नै रहेको बताइएको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.