default_image

3 years ago

June 24, 2021

नेपालविरुद्ध थियो दाइको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राखेका इरानका अली दाइले नेपालविरुद्ध एकै खेलमा चारसहित कुल ५ गोल गरेका छन् । उनेल आफ्नो करिअरको पहिलो ह्याट्रिक नेपालविरुद्ध नै प्रहार गरेका थिए । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप अन्तर्गत फ्रान्सविरुद्ध समूह चरणको खेलमा २ गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुर्याए । […]

58 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राखेका इरानका अली दाइले नेपालविरुद्ध एकै खेलमा चारसहित कुल ५ गोल गरेका छन् । उनेल आफ्नो करिअरको पहिलो ह्याट्रिक नेपालविरुद्ध नै प्रहार गरेका थिए ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप अन्तर्गत फ्रान्सविरुद्ध समूह चरणको खेलमा २ गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुर्याए । उनले इरानका अली दाइले राखेको सर्वाधिक गोलको कीर्तिमानलाई बराबरी गरे । सन् १९९३ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका दाइले अन्तिम गोल सन् २००६ मा गरेका थिए । उनले यसबीचमा कुल १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरे ।

दाइले नेपालविरुद्ध सन् १९९६ जुन १० को दिन ८-० को जितमा ४ गोल गरेका थिए । उक्त खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ५ गोल खाँदा दाइले दुवै हाफमा २-२ गोल गरेका थिए । जोर्डनमा भएको १९९६ एएफसी एसियन कप छनोट अन्तर्गत खेलमा नेपालले ९ दिनपछि पुन: इरानसँग खेलेको थियो । १९ जुनमा भएको खेलमा भने नेपाल ४-० ले पराजित हुँदा दाइले १ गोल गरेका थिए । त्यसबेला नेपाली टोलीका प्रशिक्षक भीम थापा थिए ।

उक्त छनोट प्रतियोगितामा नेपालसँग समूहमा ओमान र श्रीलंका पनि थिए । नेपालले छनोटको सबै ६ खेलमा हार बेहोरेको थियो । ओमानसँग ८-० र २-१ को हार बेहोरेको नेपाल श्रीलंकासँग २-० र ३-१ ले पराजित भएको थियो । नेपालले ६ खेलमा २६ गोल खाँदै २ गोल फर्काएको थियो । इरानले भने सबै ६ खेल जित्ने क्रममा २७ गोल गर्दै १ गोलमात्र खाएको थियो ।

दाइले उक्त चोट प्रतियोगितामा श्रीलंकालाई ७-० ले हराउँदा ५ गोल गरेका थिए । ओमानविरुद्ध २-० को जितमा एक गोल गरेका उनले अर्को खेलमा २-१ ले जित्दा पनि सुरुवाती गोल गरेका थिए । उनले त्यस छनोटमा मात्र कुल १२ गोल गरेका थिए ।

दाइले आफ्नो करिअरमा सर्वाधिक गोल माल्दिभ्स र लाओसविरुद्ध गरेका थिए । यी दुईविरुद्ध उनले ८-८ गोल गरे । लेबनानविरुद्ध ६ गोल गरेका दाइले नेपाल र श्रीलंकाविरुद्ध ५-५ गोल गरेका थिए । श्रीलंकाविरुद्ध एकै खेलमा ५ गोल सम्भव भएको थियो ।

दाइले एसियाका महारथी दक्षिण कोरिया, जापान, इराक, सिरिया, साउदी अरेबिया र ओमानविरुद्ध पनि ४-४ गोल गरेका छन् । युरोपको बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध ३ गोल गरेका उनले युक्रेन, मेक्सिको र पराग्वे विरुद्ध पनि १-१ गोल गरेका छन् ।

समग्रमा दाइले एसियाका २४ टोलीविरुद्ध ९५ गोल, यूईएफएको ३ टोली विरुद्ध ५ गोल गरे । उत्तर अमेरिकाको ४ टोलीविरुद्ध ४ गोल गरेका उनले ३ अफ्रिकी टोलीविरुद्ध ३ र २ दक्षिण अमेरिकी टोलीविरुद्ध २ गोल गरेका थिए ।

यो पनि : रोनाल्डोले गरे दाइको कीर्तिमान बराबर

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.