default_image

3 years ago

June 29, 2021

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण (नेपाली समयमा)

106 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र उरुग्वेको जितसँगै अन्तिम ८ मा खेल्ने टोलीको टुंगो लागेको हो ।

सोमबार भएको समूह ए को अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ ले पराजित गर्यो । कप्तान लिओनेल मेस्सीले २ गोल गर्दा पापु गोमेज र लाउटारो मार्टिनेजले १-१ गोल गरे । यस्तै समूहको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले हरायो । उरुग्वेको जितमा एडिन्सन काभानीले २१ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बनेको हो ।

यस जितसँगै अर्जेन्टिना समूह ए को शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोड्यो । उरुग्वे पनि पाराग्वेमाथि १-० को जित दर्ता गर्दै दोस्रो स्थानमा रहयो । उरुग्वेले ७ तथा पाराग्वेले ६ अंक जोड्यो । ५ अंक जोडेको चिली चौथो स्थानमा रहयो ।

यसअघि समूह बी मा अपराजित रहेको ब्राजिलले शीर्षस्थान ओगटेको थियो । ब्राजिलले ४ खेलमा १० अंक जोड्दा दोस्रो स्थानको पेरुले ४ खेलमा ७ अंक जोड्यो । कोलोम्बिया ४ खेलमा ४ अंक जोड्दै तेस्रो र इक्वेडर ३ अंकसाथ चौथो भएको थियो । २ अंक जोडेको भेनेजुएला भने समूह चरणबाट नै बाहिरियो ।

अब क्वाटरफाइनलमा साविक विजेता ब्राजिलले त्यसअघि दुई संस्करणमा उपाधि जितेको चिलीको सामना गर्नेछ । उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ । उरुग्वेले कोलोम्बियाको सामना गर्दा पेरु र पाराग्वे पनि सेमिफाइनल प्रवेशका लागि भिड्नेछन् ।

क्वाटरफाइनल :

३ जुलाई, शनिबार – पेरु विरुद्ध पाराग्वे – विहान २:४५ बजे – क्वाटरफाइनल १

३ जुलाई, शनिबार – ब्राजिल विरुद्ध चिली  – विहान ५:४५ बजे – क्वाटरफाइनल २

४ जुलाई, आइतबार – उरुग्वे विरुद्ध कोलोम्बिया – विहान ३:४५ बजे – क्वाटरफाइनल ३

४ जुलाई, आइतबार – अर्जेन्टिना विरुद्ध इक्वेडर – विहान ६:४५ बजे – क्वाटरफाइनल ४

सेमिफाइनल :

६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४:४५ बजे

७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६:४५ बजे

तेस्रो स्थान :

१० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५:४५ बजे

फाइनल :

११ जुलाई, आइतबार – सेमिफाइनलका विजेता हरु – विहान ५:४५ बजे

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.