default_image

3 years ago

June 30, 2021

एमबाप्पे : ठूलो अपेक्षा र फरक वास्तविकता

93 views

0 Bookmark

एजेन्सी – अपेक्षा र वास्तविकतामा एकरुपता नहुन पनि सक्छ । फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेका लागि यसपटकको युरो कप त्यस्तै भएको छ । २०२१ जुन २८ दिन एमबाप्पेलाई लामो समयसम्म सम्झने मिति बनेको छ । तर सम्झनाको विषय सुखद नभएर दुःखद बनेको छ ।

स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ को खेल पाँचौं पेनाल्टी एमबाप्पले चुकाएपछि विश्व विजेता फ्रान्स युरो कपबाट बाहिरिएको थियो । ९० मिनेट र थप ३० मिनेटको समय ३–३ को बराबरीपछिको टाइब्रेकरमा स्विट्जरल्यान्ड ५–४ ले विजयी हुँदै क्वार्टफाइनलमा प्रवेश गरेको थियो ।

एमबाप्पेले फ्रान्सका लागि पेनाल्टी हान्न गएका थिए । त्यसअघिका दुवै टोलीका कुनै पनि खेलाडीले पेनाल्टी चुकाएनन् । पेनाल्टी प्रहारका लागि जाँदै गर्दा एमबाप्पेको अनुहारमा अनिश्चितता प्रष्ट देखिन्थ्यो । त्यसअघि १ सय २० मिनेट खेलमा पनि एमबाप्पेको भूमिका खासै महत्वपूर्ण हुन सकेन ।

स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले एमबाप्पेको प्रहारलाई सहि ठम्माए रोक्दै टोलीको अन्तिम आठको यात्रामा नायक बने । एमबाप्पेका लागि पनि पेनाल्टी चुकाउनु महंगो पर्यो । टोलीले अन्तिम १६ बाट घर फर्कनुपर्यो । सम्भावित स्टारका रुपमा एमबाप्पे युरो कपमा सहभागी भएका थिए । तर टोलीको अन्तिम १६ मा यात्रा टुंगिदा धेरै अपजस उनमै पर्न गएको छ ।

एमबाप्पे ०, बेन्जेमा ४

एमबाप्पेले युरो कपमा एउटा पनि गोल गर्न सकेनन् । गोलका लागि त्यस्तो खतरनाक आक्रमण पनि गर्न सकेनन् । उनी भन्दा झन्डै ६ वर्षपछि टोलीमा फर्केका करिम बेन्जेमा प्रभावकारी रहे । उनले ४ खेलमा ४ गोल गरे ।

एमबाप्पेको सन्देश

एमबाप्पलेले समर्थकलाई सन्देश लेख्दै निराशाजनक बर्हिगमनका पछुतो मानेका छन् । ‘यो अवस्थाबाट बाहिर निस्कन गाह्रो भएको छ । हामी आफ्नो लक्ष्यमा पुग्न सकेनौं र निराशाजनक रुपमा बाहिरिएका छौं,’ उनले भनेका छन्, ‘मैले पेनाल्टीमा गोल गर्न सकिन । म टोलीलाई सहयोग गर्न चाहन्थे तर त्यसमा असफल भएँ ।’

उनले टोली बाहिरिएपछि रातभर निदाउन कठिन हुने समेत बताएका छन् । ‘आजको रात निदाउन कठिन हुनेछ । तर मैले माया गर्ने खेलमा उतार चढाव त हुन्छ नै,’ उनले थपे, ‘मलाई थाहा छ समर्थक निराश हुनु भएको छ । तर म हामीलाई सधै विश्वास गर्ने उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । बधाई छ स्विट्जरल्यान्ड ।’

फ्रान्सको समस्या

एमबाप्पले राम्रो प्रदर्शन गर्न नसक्नु फ्रान्सका लागि युरोमा सबैभन्दा समस्या बन्यो । तर टोली असफल हुनुमा त्यो मात्र कारण भने होइन । रक्षापक्तिको प्रदर्शन सन्तोषजनक रहेन । जर्मनीविरुद्ध राम्रो सुरुवात गरेको फ्रान्सको रक्षापक्ति हंगेरीविरुद्ध कमजोर देखियो । पोर्चुगलविरुद्धको खेलमा पनि टोलीले २ गोलको सामना गर्यो । स्विट्जरल्यान्डविरुद्ध ३ गोलको सामना गर्यो ।

बेन्जेमा र पाउल पोग्बाले पनि प्रतियोगिता एकरुपताको प्रदर्शन गरे । तर टोलीका मुख्य खेलाडीमध्येका एक एमबाप्पले भने एक गोल पनि गर्न सकेनन् । २२ वर्षे एमबाप्पेबाट यसपटक फ्रान्सेली समर्थक खुसी हुन सकेनन् । तर आउने दिनमा भने उनीबाट अपेक्षा भने राख्न सकिन्छ ।

यो पनि : बचेनन् ‘ग्रुप अफ डेथ’ का टोली

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.