default_image

3 years ago

June 30, 2021

बेल एमएलएस जाने चर्चा

52 views

0 Bookmark

एजेन्सी – वेल्स फुटबल टोलीका कप्तान ग्यारेथ बेलको रियल म्याड्रिडमा भविष्य अनिश्चित रहेको अनुमान गरिदै आएको छ । युरो २०२० सुरु हुनुअघि उनले फुटबल जीवनबाट सन्यास लिने सक्ने सम्भावना रहेको समाचार पनि प्रकाशित भएका थिए ।

वेल्स युराको अन्तिम १६ बाट फर्केपछि उनले आफ्नो भविष्यका बारेमा सोधिएको प्रश्नमा मौन बसे । बेलले आफ्नो भविष्यका बारेमा योजना बनाइसकेको केहि सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गत सिजन लोनमा पूर्व क्लब टोटेनहम पुगेका बेल रियल फर्कन इच्छुक नरहेको बताइन्छ ।

अब उनी नयाँ गन्तव्यका रुपमा अर्को महादेश जान सक्ने आंकलन हुन थालेको छ । अब उनी मेजर लिग सकर (एमएलएस) टोलीमा आबद्ध हुने सम्भावना रहेको बताइएको छ । डेली मिररका अनुसार बेल एमएसएल महारथी एलए ग्यालेक्सी जान सक्ने समाचार प्रकाशित गरेको छ । एलए ग्यालेक्सीको इतिहास पनि युरोपका ठूला नामलाई भित्राउने रहँदै आएका छ ।

डेविड बेकह्याम, स्टेभन जेरार्ड र ज्लाटन इब्राहिमोभिच जस्ता स्टारले एमएलएसमा खेलिसकेका छन् । बेलको अबको गन्तव्य हुन सक्ने चर्चा सुरु भइसकेको छ । यदि उनी लस एन्जल्स पुगे भने त्यहाँ उनले व्यवसायिक फुटबल र गल्फ खेल्ने सौख पूरा गर्नेछन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.