default_image

3 years ago

July 4, 2021

मेस्सी चम्कँदा अर्जेन्टिना सेमिफाइनलमा

90 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा कोपा अमेरिकाको उपाधि दाबेदार अर्जेन्टिना इक्वेडरलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोलसँगै दुई असिस्ट दिँदा अर्जेन्टिनाले ३-० को जित दर्ता गर्यो ।

खेलको सुरुवातदेखि नै एकपक्षीय आक्रमण गरेको अर्जेन्टिनाले गोलको थुप्रै अवसर सिर्जना गरेको थियो । इक्वेडरका गोलरक्षक पहिलो हाफमा व्यस्त रहँदै केहि सुन्दर बचाउ पनि गरे । इक्वेडरले काउन्टरमा दुई अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग हुन सकेन ।

दोस्रो हाफमा इक्वेडरले सुधारिएको प्रदर्शन गर्दै केहि समय अर्जेन्टिनालाई दबाबमा राखेको थियो । लगातार अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्कन सकेन । अन्तिम समयमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि इक्वेडर प्रतियोगिताबाट बाहिरिएको थियो । मेस्सीले फ्रिकिक गोल गर्दै अर्जेन्टिनाको अन्तिम चार यात्रा तय गरे । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलोम्बियासँग खेल्नेछ ।

खेलको १४ औं मिनेटमा अर्जेन्टिना अग्रता लिन नजिक पुगेको थियो । पेज्जेलाले दिएको लामो पासलाई लाउटारो मार्टिनेजले नियन्त्रणमा लिँदै गोलरक्षक गालिन्देजलाई बिट गरे । तर इक्वेडरका डिफेन्डर अर्बोलेदाले बललाई गोललाइन अघि बचाउँदै खेल गोलरहित नै राखे ।

२२ औं मिनेटमा अर्जेन्टिनाको अघि बढ्ने प्रयासमा पोस्ट बाधक बन्यो । इक्वेडरका ग्रुएजोले दिएको खराब ब्याकपासलाई कप्तान लिओनेल मेस्सीले नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

इक्वेडरले ३८ औं मिनेटमा अर्गता लिने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । एस्तुनपियानले दिएको क्रसमा इक्वेडरका एनर भ्यालेन्सिया र मेना दुवैले ६ यार्ड बक्स भित्र बलमा राम्रो सम्पर्क गर्न नसक्दा अग्रता लिनबाट चुक्यो ।

लगत्तै अर्कोतर्फ रोड्रीगो डे पलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका डे पलले सहजै गोल गर्दै १-० ले अघि बढाएका थिए । अर्जेन्टिनाको सिनियर टोलीका लागि डे पलको यो पहिलो गोल हो ।

पहिलो हाफको अन्तिम मिनेटमा निको गोन्जालेजको अग्रता दोब्बर पार्ने सुवर्ण अवसरमा गोलरक्षक बाधक बने । मेस्सीको फ्रिकिकमा गोन्जालेजको पहिलो हेडरलाई गोलरक्षक गालिन्देजले बचाएपछि आएको रिबाउन्डमा गोन्जालेजकै प्रहार गोललाइन अगाडीबाट गोलरक्षकले विफल पारेका थिए ।

दोस्रो हाफको ५८ औं मिनेटमा इक्वेडरका फरवार्ड भ्यालेन्सियाको प्रहारलाई गोलरक्षक मार्टिनेजले बचाए । ६४ औं मिनेटमा एस्तुन्पियनको क्रस गोन्जालेजलाई लाग्दै पोस्टभन्दा थोरैले बाहिरियो । ७० औं मिनेटमा मेनाक क्रसमा भ्यालेन्सियाले हेडरलाई पोस्टको दिशा दिन नसक्दा इक्वेडर खेल बराबरी गर्नबाट चुक्यो ।

७४ औं मिनेटमा डे पलको पासमा मेस्सीले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ८० औं मिनेटमा प्लाटाको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई गोलरक्षक मार्टिनेजले विफल पारे ।

८४ औं मिनेटमा अर्जेन्टिनाले लाउटारो मार्टिनेजको गोलमा अग्रता दोब्बर पार्यो । डी मारियाले इक्वेडरको पेनाल्टी क्षेत्रअगाडी डिफेन्डर बाट बल खोसेपछि मेस्सीले बल मार्टिनेजलाई दिए । मार्टिनेजले वन भर्सेस वनमा सहज फिनिस गर्दै गरेका थिए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनाको अन्तिम चारको यात्रा पक्का गरे । पेनाल्टी क्षेत्रबाहिर एन्जल डी मारियालाई लडाएपछि रेफ्रीले भीएआरको सहयोग लिँदै डिफेन्डर पिएरो हिन्कापिएलाई रातो कार्ड दिएका थिए । मेस्सीले उक्त फ्रिकिकलाई सुन्दर गोलमा परिणत गर्दै जित पक्का गरे ।

त्यसअघिको खेलमा गोलरक्षक डेविड ओस्पिनाले टाइब्रेकरमा दुई बचाउ गरेपछि कोलोम्बियाले कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेलाई पराजित गरेको थियो । टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै कोलोम्बियाले सेमिफाइनलमा स्थान बनायो ।

निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले एक अर्काको गोलरक्षकलाई खासै धेरै समस्या दिन सकेनन् । ४२ औं मिनेटमा उरुग्वेका फेडे भालभेर्डेले एडिन्सन काभानीलाई थ्रु पासमा अघि पठाएपनि येरी मिनाले उत्कृष्ट ट्याकल गर्दै खतरा टारे । पहिलो हाफको अन्तिम मिनेटमा कोलोम्बिया दुभान जपाटाको प्रहारलाई गोलरक्षक फर्नान्डो मुस्लेराले विफल पारे ।

दोस्रो हाफमा उरुग्वेका नाहितान नान्देजको प्रहारलाई कप्तान ओस्पिनाले रोकेका थिए । ७३ औं मिनेटमा सान्तोस बोरेको क्रसमा जपाटाको हेडरमा मुस्लेराको खुट्टा बाधक बन्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा ओस्पिनाले जोसे मारिया जिमिनेज र माटियास भिनाको प्रहारलाई विफल पार्दै कोलोम्बियाको जित पक्का गरेका थिए । कोलोम्बियाका लागि भने सबै ४ प्रहार गोल भएको थियो ।

कोलोम्बियाका लागि दुभान जपाटाले पहिलो प्रहारमा गोल गरेपछि उरुग्वेका एडिन्सन काभानी र कोलोम्बियाकै देभिन्सन सान्चेजले गोल गरे । एटलेटिको म्याड्रिडका डिफेन्डर जोसे जिमिनेजले गरेको दोस्रो प्रहार विफल पार्दै ओस्पिनाले टोलीलाई अघि राखेका थिए ।

कोलोम्बियाका येरी मिना, उरुग्वेका लुइस सुआरेज र त्यसपछि कोलोम्बियाका मिगुएल बोर्जाले पेनाल्टीमा कुनै गल्ति गरेनन् । चौथो प्रहार गर्न आएका उरुग्वेका भिनाको प्रहार पनि ओस्पिनाले विफल पारेपछि खेल कोलोम्बियाले जितेको थियो ।

अर्को सेमिफाइनलमा ब्राजिल र पेरुले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारको खेलमा पेरुले पाराग्वेलाई टाइब्रेकरमा पराजित गर्दा ब्राजिलले चिलीलाई १-० ले पाखा लगाएको थियो ।

यो पनि : सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.