default_image

3 years ago

July 5, 2021

फाइनल पुग्न ब्राजिल र पेरु भिड्दै

58 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपको फाइनल पुग्न पहिलो सेमिफाइनलमा मंगलबार बिहान घरेलु टोली ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुदैछ । खेल स्टेडियो निल्टन सान्तोष रियो दि जेनेरियोमा नेपाली समयअनुसार मंगलबार बिहान ४ः४५ बजे हुनेछ ।

साविकको विजेतासमेत रहेको ब्राजिल पेरुलाई हराउँदै लगातार फाइनल पुग्ने दाउमा हुनेछ । सन् २०१९ को फाइनलमा ब्रािजलले पेरुलाई नै ३–१ ले हराउँदै नवौंपटक कोपा अमेरिकाको उपाधि जितेको थियो ।

यि दुई टोलीले दुई साताअघि समूह चरणमा पनि प्रतिस्पर्धा गर्दा ब्राजिलले ४–० को सानदार जित निकालेको थियो । उक्त खेलमा नेयमार, रिचार्लीसन, एलेक्स सान्द्रो र एभर्टन रिवेइरोले गोल गरेका थिए ।

टोलीसँग स्टार फरवार्ड नेयमार, रोबर्टाे फिर्मिनो, रिचालीसन, क्यासमिरो, फ्रेड, लुकास पाक्वेटा, रेनान लोडी, थियागो सिल्भा, मार्किन्हस, डानिलो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् । यस्तै गाब्रियल बार्बाेसा, एभर्टन, भिनिसियस जुनियर, एभर्टन रिवेइरो, डगलस लुइज, इडर मिलिसाओ र अर्काे गोलरक्षक एलिसन बेकर पनि टोलीमा रहेका छन् । प्रतिबन्धका कारण गाब्रियल जेसस तथा चोटका कारण एलेक्स सान्द्रो र फिलिपे टोलीमा हुनेछैनन् ।

यता, पेरु पनि समूह चरण र दुई वर्षअघि फाइनलमा भोगेको हारको बदला लिँदै फाइनल पुग्ने दाउमा हुनेछ । समूह चरणमा अन्तिम समयमा सम्हालिन नसक्दा पेरुले ब्राजिलसँग लज्जास्पद हार बेहोरेको थियो । पेरु उक्त खेलमा भएको कमजोरीलाई सुधार्दै मैदान उत्रनेछ ।

टोलीसँग जियानलुका लापाडुला, क्रिस्टियन कुइभा, सर्जियो पेना, सान्टियागो ओर्मेनो, रेनाटो तापिया, क्रिस्टियन रामोस, योसिमार योटन र गोलरक्षक पेड्रो गाल्लेसे रहेका छन् । प्रतिबन्धका कारण आन्द्रे कारिल्लो ब्राजिलविरुद्ध टोलीमा हुनेछैनन् । पेरुले क्वाटरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको थियो ।

यस खेलको विजेताले उपाधिका लागि ११ जुलाईमा अर्जेन्टिना र कोलम्वियाबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल खेल बुधबार बिहान ६ः४५ बजे हुनेछ ।

यि दुई टोलीको पछिल्लो ९ भेटमा ब्राजिलले ७ खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल पेरुले जितेको छ । पेरुले सन् २०१९ को मैत्रीपुर्ण खेलमा ब्राजिललाई १–० ले स्तब्ध पारेको थियो । त्यसयताको दुई भेटमा ब्राजिलले सहज जित निकालेको छ ।

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

May 12, 2024

मियामीको पुनरागमन जित

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका‌ लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

Success

Thank you for your time.