default_image

3 years ago

July 7, 2021

बार्सिलोनाका डिफेन्डर लिड्समा अनुबन्धित

43 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा अनुबन्धित भएका छन् । लिड्सले २४ वर्षीय स्पेनिस लेफ्टब्याक फिर्पाेलाई १३ मिलियन पाउन्डमा चार वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

अब फिर्पाे सन् २०२५ सम्म एलान्ड रोडको टोलीमा रहनेछन् । प्रतिभावान डिफेन्डरको रुपमा हेरिएको फिर्पाेले अब लिड्समा इजिजिजन एलिओस्कीको स्थान लिनेछन् । फिर्पाेले दुई सिजन बार्सिलोनामा बिताएका थिए । नोउक्याम्पमा उनले ४१ खेलमा मात्रै मौका पाएका थिए ।
लिड्सले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै फिर्पाेलाई धेरै क्लबले नजर लगाएपनि आफ्नो क्लबमा भित्र्याउन सफल भएको बताएका छन् । अब फिर्पाेले कोरोना प्रोटोकल पुरा गर्दै लिड्समा मेडिकल गर्नेछन् ।

डोनिनिकन रिपब्लिकमा जन्मिएका फिर्पाे युवा अवस्थामै स्पेनको रियल बेटिसमा आबद्ध हुन पुगेका थिए । उनले रियल बेटिसबाटै २०१८–१९ को सिजनमा ला लिगामा डेब्यु गरेका थिए । उनेल बेटिसमा पहिलो सिजन २९ खेल खेल्दै ५ असिस्ट र ३ गोल गरेका थिए । उनी स्पेनको यु–२१ टोलीमा रहँदा टोलीले युइएफए युरोपियन यु–२१ को उपाधि जित्दा उनी टोलीका सदस्य थिए । त्यसपछि उनी २०१९–२० को सिजनमा बार्सिलोना पुगेका थिए ।

उनलाई बार्सिलोनाले ५ वर्षको सम्झौता गरेका थिए । उनले बार्सिलोनाबाट दुई सिजनमा ४१ खेल खेल्दै दुई गोल गरेका थिए । उनले बार्सिलोनाबाट कोपा डेल रेको उपाधि जित्न सफल भएका थिए । उनी यो समरमा लिड्समा अनुबन्ध हुने तेस्रो खेलाडी हुन् ।

क्याटलान क्लब बार्सिलोनाले यो सिजन आर्थिक मन्दीका कारण खेलाडीको पारिश्रमिक कटौती गर्दै महँगा खेलाडी बिक्री गर्ने योजना बनाएको छ । बार्सिलोनाले यो सिजन कम मुल्यमा मेम्फिस डिपाए, सर्जियो अगुएरो र एरिक गार्सियालाई अनुबन्ध गरिसकेको छ । बार्सिलोनाले आफ्नो कप्तान लियोनेल मेस्सीलाई क्लबमै राख्नको लाथि रकम जुटाइरहेको छ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.