default_image

3 years ago

July 7, 2021

कोलम्वियाविरुद्ध अर्जेन्टिनालाई अग्रता

42 views

0 Bookmark

एजेन्सी –कोपा अमेरिका २०२१ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्वियाविरुद्ध अग्रता लिएको छ । ब्राजिलमा बुधबार बिहान भएको खेलको सातौ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन् ।

उनले कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्समा दुई डिफेन्डरबीचबाट दिएको पासलाई सदुपयोग गर्दै गरेको प्रहारले गोलरक्षक डेभिड ओस्पिनालाई बिट गर्न सफल भएको थियो । मेस्सीले जारी कोपामा चार गोल र ५ असिस्ट दिएका छन् । लगत्तै नवौं मिनेटमा जुआन कोर्डाडोको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए ।

यस खेलको विजेताले उपाधिका लागि ११ जुलाईमा ब्राजिलको सामना गर्नेछ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.