default_image

3 years ago

July 9, 2021

अर्जेन्टिनालाई ५-० ले हराउने ब्राजिलका राष्ट्रपतिको दावी

एजेन्सी – ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने दावी गरेका छन् । दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले अर्जेन्टिनी राष्ट्रपतिलाई यसो भनेका हुन् । अर्जेन्टिनाका अल्बर्टो फर्नान्डेजलाई उनले फाइनलअघि भेट भएपछि उपाधि जित्ने दावी समेत गरे । ‘ अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो,’ बोल्सोनारोले ५ […]

131 views

0 Bookmark

एजेन्सी – ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने दावी गरेका छन् ।

दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले अर्जेन्टिनी राष्ट्रपतिलाई यसो भनेका हुन् । अर्जेन्टिनाका अल्बर्टो फर्नान्डेजलाई उनले फाइनलअघि भेट भएपछि उपाधि जित्ने दावी समेत गरे । ‘ अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो,’ बोल्सोनारोले ५ औंला देखाउँदै भने,’ ब्राजिलले ५-० ले जित्नेछ ।’

त्यसो त ब्राजिल र अर्जेन्टिनाबीच पछिल्लो समयको इतिहासले पनि ब्राजिललाई नै बलियो देखाउँछ । हालसम्म यी दुई टोलीले कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा गरेका छन् । तीनै अवसरमा ब्राजिलले नै उपाधि जितेको छ । पछिल्लो पटक सन् २००७ मा त मेस्सी टोलीमा रहँदा पनि ब्राजिल ३-० ले विजयी रहेको थियो ।

समग्रमा ब्राजिल र अर्जेन्टिनाबीच १ सय ७ पटक अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा भएको छ । जसमा ब्राजिलले ४२ पटक र अर्जेन्टिनाले ४० पटक जित हासिल गरेका छन् । २५ खेल भने बराबरीमा सकिएको छ ।

अर्जेन्टिनाले ब्राजिललाई नहराएको १७ वर्ष पुगिसकेको छ । पछिल्लोपटक सन् २००५ मा ब्राजिल अर्जेन्टिनासँग ३-१ ले पराजित भएको थियो । विश्वकप छनोटको उक्त खेलमा जोआन रोमान रिकेल्मेको गोलमा घरेलु टोली विजयी भएको थियो । त्यसयता ब्राजिल नै खेलमा हावी हुँदै आएको छ ।

यो पनि : अर्जेन्टिनाको जर्सीमा मेस्सीको पाँचौ फाइनल

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.