default_image

3 years ago

July 10, 2021

ब्राजिलकै समर्थकसँग रिसाए नेयमार

एजेन्सी – कोपा अमेरिका २०२१ को फाइनलमा शनिबार अर्जेन्टिना र ब्राजिल खेल्दैछन् । खेलको दुई दिनअघि ब्राजिलका स्टार फरवार्ड नेयमारले सामाजिक संजालमार्फत आफ्नै टोलीका समर्थकसँग रिस पोखेका छन् । ब्राजिलले उपाधिका लागि फाइनलमा लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको सामना गर्दैछ । तर ब्राजिलकै केहि समर्थकले भने मेस्सीले उपाधि जितेको हेर्न चाहेको भन्दै सामाजिक संजालमा लेखिरहेका […]

69 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२१ को फाइनलमा शनिबार अर्जेन्टिना र ब्राजिल खेल्दैछन् । खेलको दुई दिनअघि ब्राजिलका स्टार फरवार्ड नेयमारले सामाजिक संजालमार्फत आफ्नै टोलीका समर्थकसँग रिस पोखेका छन् ।

ब्राजिलले उपाधिका लागि फाइनलमा लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको सामना गर्दैछ । तर ब्राजिलकै केहि समर्थकले भने मेस्सीले उपाधि जितेको हेर्न चाहेको भन्दै सामाजिक संजालमा लेखिरहेका छन् । मेस्सी विश्व फुटबलकै उत्कृष्ट खेलाडी रहेकाले अन्तर्राष्ट्रिय उपाधि जितुन् भन्ने धेरैको चाहना रहेको छ । नेयमार भने ब्राजिलका समर्थकले यस्तो सोच्न नहुने विचार राख्छन् ।

उनले सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन्, ‘म एक ब्राजिलियन हुँ । गौरव र प्रेमले भरिपूर्ण ब्राजिलियन । मेरो सपना सधैं राष्ट्रिय टोलीको साथमा रहेर समर्थकमाझ रहनु हो ।’

‘मैले कहिले पनि ब्राजिलको विरुद्धमा बोलेको छैन । चाहे त्यो खेल होस, फेसन सो होस् या ओस्कार नै किन नहोस् । यदि त्यहाँ ब्राजिल छ भने म पनि ब्राजिल हुँ । ब्राजिलियन भएर अन्य सोच राख्न कसले सक्ला ?’

‘सबैको आ-आफ्नो सोच हुन्छ । म त्यसको सम्मान गर्छु । तर जो हाम्रो विपक्षमा छ मलाई उनीहरुको केहि वास्ता छैन ।’

सामाजिक संजालमा निकै चर्चामा रहने नेयमारको यो पोस्टले ब्राजिलका समर्थक पनि रुष्ट बनेका छन् । क्लब फुटबलमा चर्चामा आएपनि नेयमार ब्राजिलमा भने त्यति लोकप्रिय छैन । उनलाई ब्राजिलको फुटबल खेल्ने शैली विश्वमाझ खराब चिनारी दिएको आरोप समेत लाग्ने गरेको छ ।

यो पनि : अर्जेन्टिनाको जर्सीमा मेस्सीको पाँचौ फाइनल

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.