default_image

3 years ago

July 12, 2021

‘भगवानले मेरो लागि यो क्षण बचाएर राखे’ – मेस्सी

एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी शनिबार राती फुटबलको स्वर्गमा सयर गरिरहेका थिए । वर्षौदेखि क्लब फुटबलमा बार्सिलोनाबाट थुप्रै सफलता हासिल गरेका मेस्सीले पहिलो पटक देशका लागि उपाधि जितेका थिए । ब्राजिललाई १–० ले हराउँदै मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो । मेस्सीले भगवानले आफ्नो लागि त्यो समय जोगाएर राखेको बताएका छन् । […]

72 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी शनिबार राती फुटबलको स्वर्गमा सयर गरिरहेका थिए । वर्षौदेखि क्लब फुटबलमा बार्सिलोनाबाट थुप्रै सफलता हासिल गरेका मेस्सीले पहिलो पटक देशका लागि उपाधि जितेका थिए ।

ब्राजिललाई १–० ले हराउँदै मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो । मेस्सीले भगवानले आफ्नो लागि त्यो समय जोगाएर राखेको बताएका छन् । यसअघि सधै लाग्ने गरेको एउटा आरोप थियो, मेस्सी जति राम्रो खेलाडी भएपनि देशका लागि केहि जित्न सकेका छैनन् । अब त्यो आरोपको पनि अन्त्य भएको छ ।

देशलाई कुनै उपाधि दिलाउन नसकेको खेलाडीलाई सर्वकालिन महान खेलाडी भन्न नसकिने तर्क गर्नेहरुको पनि कमि थिएन । ‘देशका लागि केहि जित्न सकेको थिइनँ’, मेस्सीले कोपा जितेपछि भनेका थिए, ‘लामो समयदेखि पटक पटक म उपाधिको नजिक पुगेर असफल भएको थिए । मलाई थाहा थियो, एक दिन त्यो समय आउनेछ ।’

मेस्सीले भगवानलाई धन्यवाद दिए । ‘म भगवानप्रति आभारी छु । ब्राजिललाई उसकै भूमिमा हराएर यो सफलता प्राप्त गरेका छौं’, उनले थपे, ‘मलाई लाग्नले उनले यो क्षण मेरा लागि बचाएर राखेका थिए ।’

वर्षौ देखिको तपस्या पूरा भएपछि मेस्सी त्यसको मजा लिने हकदार थिए । सन् १९९३ पछि अर्जेन्टिनाले कोपा जित्दा मेसी ब्राजिलका नेयमारसँगै सर्वोत्कृष्ट खेलाडी मात्र बनेनन्, सर्वाधिक गोलकर्ता पनि रहे ।

‘यो साच्चै अद्भुत छ । म कस्तो महसुस गरिरहेको छु भन्ने व्याख्या गर्न सक्दिन । धेरै पटक मैले निराश भएर मैदान छाड्न परेको थियो । तर मलाई विश्वास थियो कुनै दिन परिवर्तन हुनेछ’, मेस्सीले भने, ‘यो भन्दा राम्रो अवसर के हो । हाम्रो समूह यसको हकदार थियो । यो साच्चै विशेष छ ।’

सफलताका लागि पटक पटक सपना देखेको उल्लेख गर्दै मेस्सीले भने, ‘म यो सफलता मेरो परिवार, श्रीमती, बच्चाहरु, अभिभाव, भाई बहिनी र खराब समयमा साथ दिनेहरुका लागि समर्पण गर्न चाहन्छु ।’

कोपाको सफलताले मेस्सीलाई पनि व्यक्तिगत रुपमा निकै राहत मिलेको छ । उनले देशवासीलाई यसरी पहिलो पटक खुसी पार्न सफल भएका छन् । यसअघिका उनका अधिकांश सफलता क्लब स्तरका भएकाले देशवासीसँग नभई क्लबका समर्थकसँग मात्र साट्न सक्थे । व्यसायिक फुटबलको नयाँ सिजनको सुरुवात अघि उनले देशवासीलाई खुसी पार्ने वर्षौदेखिको सपना पूरा गरेका छन् ।

‘केहि जित्न नसकेपछि हामीले केहि दिनको छुट्टी निराशामा नै बिताउने गरेका थियौं । यसपटकको समय भने फरक भएको छ’, मेस्सीले अगाडि भने, ‘मलाई आफ्नो समूहमा पूरा विश्वास थियो । हामी पछिल्लो कोपामा भन्दा बलियो भएर आएका थियौं । त्यसैले हामीले केहि राम्रो गर्न सक्यौं । राम्रो समूहले जहिले पनि अगाडि हेर्छ । गुनासो मात्र गरेर बस्दैन । अन्तत हामी सफल भएका छौं, च्याम्पियन बनेका छौं ।’

आफूहरु च्याम्पियन भनेको अझै पनि विश्वास गर्न गाह्रो भइरहेको मेस्सीले सुनाए । ‘हामीले कत्ति ठूलो सफलता हासिल गर्यौं भन्ने अझै राम्ररी महसुस गर्न सकेका छौं । अब च्याम्पियन भएका छौं, उनले भने, ‘हामी धेरै खुसी छौं । खुसीयाली मनाइरहेका छौं । ब्राजिललाई उसै भूमिमा हराएर इतिहास रचेका छौं ।’

टोलीका खेलाडीलाई आफूले उनीहरुलाई राष्ट्रिय टोलीको भविष्यका रुपमा रहेको बताउँदै आएको उल्लेख गर्दै भने, ‘मैले भनेको गलत थिएन । आज उनीहरुले कोपा जितेर प्रमाणित गरको छन् । उनीले युवा अवस्थामा टोलीलाई त्यस्तो सफलता दिलाउन नसकेपनि पाको हुँदा सबैलाई खुसी दिन सकेका छन् ।’

कोपाकै दौरान उनले ३४ औं वर्षको जन्म दिन मनाएका थिए । ‘म आफ्ना पूराना सबै सहकर्मीसँग यो खुसी साट्न चाहन्छु । हामी धेरै पटक यसको नजिक पुगेका थियौं । तर असफल भएका थियौं’, उनले अन्त्यमा भने, ‘उनीहरु पनि यो जितको खुुसी मनाउन हकदार छन् । मलाई थाहा छ उनीहरु सबै हाम्रा र अर्जेन्टिनाका लागि खुसी छन् । म यो सबै खुसी उनीहरुलाई पनि बाढ्न चाहन्छु किन कि उनीहरुले पनि राष्ट्रिय टोलीका लागि धेरै गरेका छन् । अहिले हामीले उपाधि जितेपछि बर्षौको प्रयासमा यो सफलता मिलेको छ ।’

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.