default_image

3 years ago

July 12, 2021

‘मेस्सी नै सर्वोत्कृष्ट’ – नेयमार

एजेन्सी – कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीलाई ब्राजिलियन स्टार नेयमारबीचको अंकमाल गर्दै बधाई दिएका थिए । उनीहरुबीचको हार्दिकता देखिन्थ्यो । उनीहरुबीच केहि समय कुराकानी पनि भएको थियो । त्यसै क्षणका केहि कुराकानीलाई नेयमारले सामाजिक सञ्जालमार्फत राखेका छन् । मेस्सी र नेयमारले बार्सिलोनामा ४ सिजनसँगै बिताएका थिए । उनीहरुबीचको सम्बन्ध प्रगाढ रहँदै आएको […]

54 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीलाई ब्राजिलियन स्टार नेयमारबीचको अंकमाल गर्दै बधाई दिएका थिए । उनीहरुबीचको हार्दिकता देखिन्थ्यो । उनीहरुबीच केहि समय कुराकानी पनि भएको थियो ।

त्यसै क्षणका केहि कुराकानीलाई नेयमारले सामाजिक सञ्जालमार्फत राखेका छन् । मेस्सी र नेयमारले बार्सिलोनामा ४ सिजनसँगै बिताएका थिए । उनीहरुबीचको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेयमारले फेरि पनि मेस्सीसँग खेल्ने इच्छा रहेको पटक पटक बताउँदै आएका छन् ।

कोपाको सफलताका लागि मेस्सीलाई बधाई दिएको भन्दै नेयमारले इन्स्टाग्राममार्फत भावुक सन्देश दिएका छन् । ‘हारले दुःखी बनाएको छ । अहिले सम्म पनि म त्यसबाट बाहिर निस्कन सकेको छैन’, उनले भनेका छन्, ‘हिजो म हारें । अनि गएर सर्वोत्कृष्ट, फुटबल इतिहासकै मैले देखेका उत्कृष्ट, मेरो साथी र भाई मेस्सीलाई अंगालो मार्दै बधाई दिए । मैले जिस्केर उनलाई गाली गर्दै मलाई हरायौं भने ।’

नेयमारले मेस्सीका बारेमा अगाडि भनेका छन्, ‘हारबाट म निकै निराश छु । तर उनी अति उत्तम मान्छे हुन् । उनले फुटबल र मेरा लागि जे गरेका छन् त्यसका लागि उनीप्रति मेरो उच्च सम्मान छ । म हारलाई मन पराउँदिन । तर उपाधि जितेकोमा खुसी मनाउ । यो क्षणका लागि फुटबलले तिमीलाई कुरिरहेको थियो । बधाई छ साथी ।’

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.