default_image

3 years ago

July 13, 2021

बार्सिलोनाका युवा खेलाडी रियलमा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको एकेडेमीका युवा खेलाडी अर्काे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् ।बार्सिलोनाका युवा टोलीका कप्तान समेत रहेका फरवार्ड जाउमे जार्दी रियल म्याड्रिडमा आबद्ध भएका हुन् । उनले रियलमा ४ वर्षको सम्झौता गरेका छन् । रियल आफ्नो टोली निर्माणको लागि युवा परियोजनामा गम्भीर देखिएको छ । जाउमे अनुबन्ध पनि यसको एक […]

51 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको एकेडेमीका युवा खेलाडी अर्काे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् ।बार्सिलोनाका युवा टोलीका कप्तान समेत रहेका फरवार्ड जाउमे जार्दी रियल म्याड्रिडमा आबद्ध भएका हुन् ।

उनले रियलमा ४ वर्षको सम्झौता गरेका छन् । रियल आफ्नो टोली निर्माणको लागि युवा परियोजनामा गम्भीर देखिएको छ । जाउमे अनुबन्ध पनि यसको एक उदाहारण हो । रियलको एकेडेमीका सर्जियो एरिवास, मिगुइल गुइटेरेज, एन्टेनियो ब्लान्को र मार्भिन पार्क जस्ता प्रतिभावान युवा खेलाडी रहेका छन् । उनीहरुले रियलको पहिलो टोलीमा प्रशिक्षणसँगै खेलिसकेका छन् ।

१९ वर्षीय जाउमे रियल पुग्ने पछिल्लो खेलाडी हुन् । बार्सिलोनामा उनको सम्झौता ३० जुनमा सकिएको थियो । त्यसपछि बार्सिलोनामा उनको सम्झौता हुन सकेको थिएन । रियलले त्यसकै फाइदा उठाउदै उनलाई क्लबमा अनुबनध गरेको हो । बार्सिलोनाको एकेडेमीमा हुर्किएका उनलाई हस्ताक्षर गर्न रियलले कुनै खर्च गर्नुपरेन ।

जाउमे जार्दी गत सिजन बार्सिलोनाको युथ लेभलको सर्वाधिक गोलकर्ता रहेका थिए । उनले गत सिजन ९ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । यस्तै रियलले १८ वर्षीय जाभियर भिल्लारलाई पनि टोलीमा अनबुन्ध गरेको छ । उनी सिरी ‘ए’ च्याम्पियन इन्टर मिलानका गोन्जालो भिल्लारका कान्छा भाई हुन् । उनलाई इन्टरले पनि चाहेका थिए ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.