default_image

3 years ago

July 18, 2021

बार्सिलोनाका मोन्चु ग्रानडामा अनुबन्धित

39 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्पेनिस युवा मिडफिल्डर मोन्चु रोड्रिग्वेज स्पेनिस क्लब ग्रानडामा अनुबन्धित भएका छन् । बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका मोन्चुलाई ग्रानडाले फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न सफल भएको हो ।

मोन्चु ग्रानडामा पुगेपनि बार्सिलोनाले उनलाई भविष्यमा बेच्नको लागि ५० प्रतिशत अधिकार राखेको छ । २१ वर्षीय मोन्चु सन् २०१२ मा बार्सिलोनाको एकेडेमी ला मासियामा आएका थिए । त्यसअघि उनी २००७ देखि मलोर्कामा रहेका थिए ।

मोन्चुले १७ वर्षको उमेरमा बार्सिलोनाको ‘बी’ टोलीमा डेब्यु गरेका थिए । ८ वर्ष ला मासियामा बिताएका मोन्चुले बार्सिलोनाको ‘बी’ टिमबाट ६३ खेलमा ११ गोल गर्दै सिनियर टोलीमा समेत स्थान बनाउन सफल भएका थिए । उनले सन् २०२० अगस्टमा च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा नेपोलीविरुद्धको खेलमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए ।

उक्त खेलमा बार्सिलोना ३–१ ले विजयी भएको थियो । त्यही नै उनको लागि सिनियर टोलीबाटे खेलेको एकमात्र खेल बन्यो । त्यसपछि उनी २०२०–२१ को सिजनमा सेगुन्डा डिभिजन क्लब जिरोनामा लोनमा पुगेका थिए । उनले जिरोनाबाट गत सिजन ३९ खेल खेल्दै ३ गोल गरेका थिए ।

जिरोना शीर्ष डिभिजन बढुवाको प्ले अफमा पुगेपनि अन्तिम खेलमा रायो भालेकानोसँग पराजित हुदा शीर्ष डिभिजनमा पुग्न असफल भएको थियो । उनले बार्सिलोनाबाट २०१७–१८ को सिजनमा युइएफए युथ लिग जितेका छन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.