default_image

3 years ago

July 23, 2021

एमबाप्पे पीएसजीमै

48 views

0 Bookmark

एजेन्सी – अनेकौ अड्कल बाजीका बीच फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षण क्याम्पमा पुगेका छन् ।

युरो २०२० को छुट्टी सकाएपछि उनी प्रि–सिजनमै पीएसजीको प्रशिक्षण क्याम्पमा जोडिएका हुन् । एमबाप्पेले यो समरमै पीएसजी छाड्ने चर्चा चलिरहेको छ । उनको चर्चा अझै सेलाएको छैन । किनभने पीएसजी र एमबाप्पेबीच अझैपनि सम्झौता नविकरण हुन सकेको छैन ।

२२ वर्षीय एमबाप्पेले पीएसजीको प्रशिक्षण स्थल क्याम्प डि लोगेु ट्रेनिङ सेन्टरमा जाँदै गरेको तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा उनी केही मुस्कुराएको देखिएको छ । यस अनुसार अब यनी यो सिजन पीएसजीमै रहने बुझिएको छ ।

एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध नजिक जोडिएका छन् । पछिल्लो समय युरोकपमा रियलका स्टार फरवार्ड करिम बेन्जेमासँगको राम्रो सम्वन्धका कारण पनि उनी यो समरमा नै रियल आउने चर्चा चलेको थियो ।

सन् २०१७ मा मोनाकोबाट पीएसजी आएयता नै एमबाप्पेले क्लबमा उत्कृष्ट समय व्यतित गरेका छन् । तर, च्याम्पियन्स लिग जित्न सकेका छैनन् । अब उनले क्लबमा सम्झौता नविकरण गर्ने कि क्लब छाड्ने उनमै निर्भर रहेको छ । पीएसजीमा उनको सम्झौता यो वर्षको अन्त्यसम्म रहेको छ । त्यसपछि उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्नेछन् ।

क्लबका अध्यक्ष नासिर अल खेलाफीले एमबाप्पे क्लबमा रहने मात्रै नभई सम्झौता नविकरण गर्नेमा पनि विश्वस्त छन् । एमबाप्पेलाई क्लबमै राख्न पीएसजीले निरन्तर प्रयास गरिरहेका छन् । क्लबको उद्देश्य एमबाप्पेलाई क्लबको छविको एक हिस्सा बनाउने नै रहेको छ । उनी पीएसजीको नयाँ किटको अनावरणमा पनि केन्द्रिय भुमिकामा रहेको छ ।

यो सिजन सरुवा बजारमा आक्रमक देखिएको पीएजसीले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्वालाई पनि अनुबन्धको प्रयास जारी राखेको छ ।

पीएसजीले यो सिजन अचरफ हाकिमीलाई ६० मिलियन पाउन्डमा अनुबन्ध गर्दा सर्जियो रामोस, जर्जिन्हो वाइनाल्डम र जियानलुइजी डोन्नररुम्मालाई फ्रि ट्रान्सफरमा अुनबन्ध गरिसकेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.