default_image

3 years ago

August 6, 2021

सावित्राको उत्साहजनक सुधार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बाले घुँडाको शल्यक्रियापछि राम्रो सुधार भइरहेको बताएकी छिन् । असार १२ गते कतार पुगेकी सावित्राको असार ३१ गते दायाँ घुँडाको शल्यक्रिया भएको थियो । राष्ट्रिय लिग खेल्ने क्रममा फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । शल्यक्रियाको एक साता निकै कठिन साथ […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बाले घुँडाको शल्यक्रियापछि राम्रो सुधार भइरहेको बताएकी छिन् ।

असार १२ गते कतार पुगेकी सावित्राको असार ३१ गते दायाँ घुँडाको शल्यक्रिया भएको थियो । राष्ट्रिय लिग खेल्ने क्रममा फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । शल्यक्रियाको एक साता निकै कठिन साथ बिताएपनि त्यसपछिका दिन बिस्तार सहज र घुँडामा पनि सुधार भइरहेको सावित्राले बताइन् ।

‘चोट लागेको एक साता र शल्यक्रियाको एक साता उस्तै खालको पीडा भयो’, उनले स्मरण गरिन्,‘ त्यसपछि विस्तारै दुखाई कम भइरहेको छ । त्यति बेला उपचार कहिल्यै सुरु होला भन्ने चिन्ता हुन्थ्यो । अहिले आफ्नो घुँडाको अवस्थामा आएको सुधारबाट आनन्द लाग्छ ।’

शल्यक्रियाको दुई साता दुवै वैशाखीको सहारामा हिड्ने गरेकी सावित्राले दुई दिन यता एउटा मात्र वैशाखी टेक्न थालेकी छिन् । फिजियोले अबको एक सातामा अर्को वैशाखी पनि छोड्न मिल्ने बताउँदा सावित्रा थप उत्साहित छन् । अहिले साताको ५ दिन फिजियो गराइरहेकी उनलाई सोमबारबाट साताको दुई दिन फिटनेस ट्रेनिङको पनि तयारी भइरहेको बताइन् ।

कतारको दोहास्थित अस्पेटार अस्पतालमा उपचारका लागि विश्वका शीर्ष खेलाडी आउने गरेका छन् । अन्य खेलाडीको उपचारमा देखेको सुधारले पनि मनोनबल उच्च हुने गरेको सावित्राले सुनाइन् । ‘उपचारका क्रममा अन्य खेलाडीमा देखिएको सुधारले आफूलाई पनि पहिला जस्तै ठीक हुन सक्छु भन्ने मनोबल बढ्ने रहेछ’, सावित्राले भनिन्,‘ हरेक दिन सहज र सुधार भइरहेको महसुस गरिरहेको छु ।’

झन्डै ७ वर्षे खेल जीवनमा सावित्राले पहिलो पटक गम्भिर खालको चोटबाट गुज्रनु परेको हो । कतार फुटबल संघले नेपाली खेलाडीहरुलाई समय समयमा उपचारमा सहयोग गर्दै आएको छ । सावित्रा अघि नै राष्ट्रिय पुरुष टोलीका विमल घर्तिमगरले पनि सोही अस्पतालमा उपचार गराइरहेका छन् । फागुनमा शल्यक्रिया गराएका विमलले ग्राउन्ड रिह्याब नै सुरु गरिसकेका छन् ।

शल्यक्रियाको दिन भने आफू निकै आत्तिएको सावित्राले सम्झिइन् । ‘अघिल्लो रातबाटै के होला कसो होला भएको थियो । भोलीपल्ट अस्पतालमा पनि अलि डर लागिरहेको थियो’, उनले थपिन्,‘ पछि शल्यक्रिया राम्रो भयो भनेपछि आनन्द लाग्यो । केहि दिन दुःखाई भयो । ड्रेसिङ गर्दा थाहा भयो ५ वटा घाँउ रहेछ । २ वटा निको भयो अझै ३ वटा घाँउ निको हुने क्रममा छ ।’

लामो समय कुरेर भएपनि कतार आउने निर्णय सही रहेको सावित्रा बताउछिन् । ‘यहाँको उपचारको शैली । उपचारपछि खेलाडीका लागि गरिने फिजियो, रिह्याब, फिटनेस ट्रेनिङ त्यो सबै अन्तर्राष्ट्रिय स्तरको छ’, उनले अनुभव साटिन्,’सोचे भन्दा निकै सुविधाजनक रहेछ ।’

विदेशमा भएपनि रोगगारीका सिलसिलामा कतार पुगेकाहरुसँग समय समयमा हुने भेटघाटले घरपरिवार छाडेर आएको अनुभव नभएको सावित्राले सुनाइन् । ‘म त अस्पताल र होटल मात्र हो जाने आउने । यहाँ थुप्रै नेपालीहरु हुनुहुन्छ’, उनले भनिन्,‘ बेला बेला आउँनुहुन्छ । बाहिर छु जस्तै लाग्दैन ।’

अस्पताल र उनी बस्ने होटलको दूरी १५ मिनेटको रहेको उनले बताइन् । फिजियोथेरापिष्टका अनुसार अहिलेको जस्तै सुधार हुँदै गएको खण्डमा ६ महिनामा आफू मैदान फर्कन सक्ने बताएको सावित्राले जानकारी दिइन् । तर त्यसमा केहि जोखिम हुने भएकाले पूर्ण रुपमा ठिक हुन ९ महिना लाग्ने र त्यसपछि मात्र मैदान फर्कने सम्भावना रहेको सावित्रा बताउँछिन् । समय बढी लागे पनि पूर्ण रुपमा ठीक भएर मात्र मैदान फर्कने सावित्राले बताइन् ।

सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमा परिचित छिन् । नेपाली फुटबलमा एपिएफले वर्चस्व जमाउँदा उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवैपटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.